१८ भाद्र, इटहरी । किरात राई विद्यार्थी संघको २३ औं स्थापना दिवसको अवसरमा वृक्षरोपण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
बिहीबार संघको २३ औं स्थापना दिवसको अवसरमा किरावि संघ सुनसरीले जनता बहुमुखी क्याम्पस परिसरमा वृक्षरोपणको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा किरात राई विद्यार्थी संघका संस्थापक सदस्य दिपेश राईले कपुरको बिरुवा रोपेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
क्याम्पस परिसरको खाली क्षेत्रमा संघको २३ औं स्थापना दिवसको अवसर पारेर सुनसरी जिल्लाको तर्फबाट कपुर, स्वामी र धुपीको बिरुवा रोपिएको संयोजक चन्द्र किरातीले जानकारी दिए ।
बर्खा यामको समय भएसँगै जुनसुकै बेला हुन सक्ने बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप न्यूनिकरण गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको किरातीले बताए ।
सोही अवसरमा जनता क्याम्पसमा अध्यायनरत भोजपुर जिल्ला अरुण गाउँपालिका–७ की अनुजा राई र भोजपुर षडानन्द नगरपालिका–१० का सुमन राईलाई सम्मान गरिएको छ ।
नेपाल प्रहरी अन्तर्गत प्राविधिक प्रहरी जवानमा नाम निकाल्न सफल अनुजा राई र भारतीय सेनामा भर्ना हुन सफल किरावि क्याम्पस कमिटि सदस्य समेत रहेका सुमन राईलाई समेत किरावि संघ जनता क्याम्पस इकाइ समितिको तर्फबाट सम्मान गरिएको विद्यार्थी नेता नविन्द्र चाम्लिङले जानकारी दिए ।
सम्मानित व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि राईले सफलता प्राप्तिको लागि डाँडा पारी भोजन छ भन्ने साचेर वारीको यात्रालाई निरन्तरता दिनु पर्ने उल्लेख गरे ।
कार्यक्रममा विद्यार्थी नेता सुधन राई, आरती वात्पाङ राई, नवराज किराती, उज्वल राई लगाएत अन्य राई विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।