संघात्मक ढाचामा किरात राई यायोक्खा बेलायतको यलम्बर स्मृती दिवस – Satabdi News

संघात्मक ढाचामा किरात राई यायोक्खा बेलायतको यलम्बर स्मृती दिवस

२५ श्रावण, बेलायत। किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्य समितीले ग्याम्बल लेन स्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बरहाङको स्मृतिमा १२ औ स्मृती दिवस बिबिध कार्यक्रम गरि भब्यतापुर्बक सम्पन्न गरेको छ ।

८६ बर्षिय किरात राई पुर्खा लबजित राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर दिल कुमार राईको सम्योजनमा किरात राई यायोक्खा बेलायतका कार्यबाहक अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा किरात राई विधार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई, किरात राई यायोक्खा बेलायतका पुर्ब अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार पदम राई, पुर्ब उपाध्यक्ष तथा विशिष्ट संरक्षक सद्स्य ओम राई, चाम्लिङ राई खाम्बातिम नेपालका संस्थापक अध्यक्ष जगत राई, किरात याक्थुङ चुम्लुङ बेलायतका सचिव विस्वासदिप तिगेला, किरात बाहिङ राई मुलुखिम बेलायतको अध्यक्ष राम राई, किरात साम्पाङ राई जुम्लेखा बेलायतका उपाध्यक्ष भबिन साम्पाङ राई, मोडल तथा फेसन डिजायनर सृजना निङेलेखु राई लगायतको उपस्थिती रहेको थियो ।

हरेक बर्ष अगस्ट ७ मा मनाउदै आएको उक्त कार्यक्रममा किरात राई यायोक्खा बेलायतको बार्षिक मुखपत्र सुम्निमा पारुहाङ बिशेषाङ्क समेत बिमोचन गरिएको थियो । उक्त मुख पत्रमा राईहरु बहुभाषिक भएकोले किरात राई यायोक्खलाई जिबित २८ भाषिक राईहरुको साझा थलो बनाउने अभियान स्वरुप हालै पारित गरिएको सङकल्प प्रस्ताबको रुपमा २८ भाषिक राईहरुको समानुपातिक र समाबेशी प्रतिनिधित्व हुने गरि संघिय ढाचालाई प्रमुख रुपमा सम्प्रेषण गरिएको सुम्निमा पारुहाङ प्रकासन समितिका सम्योजक तथा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष जितेन साम्पाङ राईले बताउनु भयो । राईहरु इन्द्रेणि समाज भएको बताउदै किरात राई यायोक्खाका बेलायतका कार्यबाहक अध्यक्ष चन्द्र बहादुर राईले यायोक्खाको पुरानो संरचना र ढाचाले सबै राईहरुको सहभागिता र अस्तित्वलाई समेट्न नस्क्ने जिकिर गर्दै अब राईहरुको बिबिधतालाई स्विकार गर्न सक्ने गरि सबै राईहरुको सहअस्तित्व र समान सहभागिता रहने गरि महांसघिय ढाचामा संघिय समंरचना अनुरुप यायोक्खा अघि बढ्नु पर्ने बताउनु भयो । साथै ऐतिहासिक कामको थालनी किरात राई यायोक्खा बेलायतले सुरु गरेको र बिस्वभरिका राईहरुले अनुशण गर्ने समेत बताउनु भयो।

किरात राई बिधार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले किरात राई यायोक्खा बेलायत अहिले सम्मकै दुरदर्शी र प्रगतिशिल यायोक्खा भएको बताउदै किरात राई यायोक्खा बेलायतले पास गरेको संघात्मक ढाचाले सबै किरात राईहरुलाई जोड्ने बताउनु भयो। किरात राई यायोक्खाको मुलधारमा समाहित हुन नसकेर चित्त दुखाएर राई बाट अलग हुन खोजिरहेका र अलगै जातिको रुपमा सुचिकृत हुन सुचिकरणको अभियानमा लागेका अल्प सङ्ख्यक भाषिक राईहरुलाई समेत यो सङक्ल्प प्रस्ताबले जोड्ने बिस्वास ब्यक्त गर्नु भयो। राईहरुको बिबिधतालाई स्विकार्ने यो न्यायिक ढाचालाई अब बिधानमै लिपिबद्द गरेर किरात राई यायोक्खा माहाततका सबै समितीहरुलाई अबलम्बन र अनुशरण गर्न समेत अपिल गर्नु भयो।

किरात राई यायोक्खा बेलायतका पुर्ब अध्यक्ष पदम राईले प्रथम किरात राजा यलम्बरको स्मरण गर्दै राजा यलम्बर देखि जिते दास्ती हुँदै योक्नेहाङ सम्म ३२ पुस्ता शासन गरेको राईहरु कालन्तरमा हाम्रै एकता हुन नसक्दा बर्तमान समय सम्म आईपुग्दा सत्ता बिहिन हुन पुगेको बताउनु भयो। राईहरुको एकतामा अझै पनि चरम समस्या भएको बताउदै नेपालको अन्तरिम संविधान र पहिलो सम्बिधान सभामा उल्लेखित १ प्रतिशत भन्दा बढी जनसङख्या भएको जातिलाई संघिय एकाई प्रदान गर्ने ब्यबस्था राज्य पुनरसंरचना आयोगले पास गरेको बताउदै राईहरुको एकतामा जोड दिनु पर्ने बताउनु भयो।

राष्ट्रिय जनगणना नजिकिदै गरेको सन्दर्भमा राई जाति भित्रकै थुप्रै भाषिक राईहरुले छुट्टै जातिको रुपमा सुचिकृत कोड प्राप्त गरेको जानकारी गराउदै यो अभियानलाई रोक्न किरात राई यायोक्खा बेलायतले अवलम्बन गरेको संघिय ढाचा कोशे ढुङा सबित हुने बताउनु भयो। उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ् बेलायतका सचिव विस्वासदिप तिगेला,किरात बाहिङ मुलुखिम बेलायतका अध्यक्ष राम राई,किरात राई यायोक्खा बेलायतका पुर्ब उपाध्यक्ष ओम राई,चाम्लिङ राई खाम्बातिम नेपालका संस्थापक अध्यक्ष जगत राई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो। उक्त कार्यक्रममा किरात राईहरुमा प्रचलित धनुषबाण (आर्चरी) प्रतियोगिता समेत सन्चालन गारिएको थियो ।

४१ जना सहभागी उक्त आर्चरी प्रतियोगितामा सन्जोक राई,आलेस राई र रामप्रसाद राईले क्रमै संग प्रथम,द्वितीय र तिर्तिय स्थान हासिल गर्नु भएको र प्रतियोगितामा सहभागी र बिजेता खेलाडिहरुलाई नगद ,ट्रफी तथा प्रमाणपत्र बितरण गरिएको आर्चरी खेल प्रतियोगिताका सम्योजक तथा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले बताउनु भयो। साथै उक्त कार्यक्रममा बाहिङ राईहरुको लोकपृय सिलि सेग्रो सिलि समेत प्रदशन गरिएको थियो । संस्थालाई विभिन्न विधामा सहयोग पुर्याउने पुर्खाहरुलाई किराति फेटा गुथाएर सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिती ग्रेटर रस्मोरले मीठो किराति खानाको ब्यबस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संघात्मक ढाचामा किरात राई यायोक्खा बेलायतको यलम..." A few seconds ago

सम्बन्धित खवर