बेलबारीमा श्रावण ३२ गते सम्मको लागी थप लकडाउन – Satabdi News

बेलबारीमा श्रावण ३२ गते सम्मको लागी थप लकडाउन

२४ श्रावण, बेलबारी । बेलबारीमा निषेधाज्ञा (लकडाउन)एकहप्ता थपिएको छ । कोरोनाको संक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि कोरोना रोकथामको लागी नगरस्तरीय बैठकले लकडाउनलाई एक हप्ता थप गरेको हो ।

आज बसेको नगरस्तरीय बैठकबाट साउन ३२ गते सम्मको लागी लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा स्वास्थ्य केन्द्र तथा अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण पसल कलरकारखाना, निजि तथा सरकारी कार्यालयहरु, र बैक बितिय सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

बेलबारीमा हाल सम्म सक्रिय सक्रमितको सख्या ६ सय ७४ रहेको छ भने २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले शताब्दी न्युजलाई बताए । पिसिआर परिक्षण गरीएका मध्ये ४८ प्रतिशतमा सक्रमण देखिन्ने भएकोले पनि थप लकडाउन गर्नु पर्ने विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा श्रावण ३२ गते सम्मको लागी थप लकडाउन" A few seconds ago

सम्बन्धित खवर