हरेक दिन नयाँ कार्यक्रम गर्दै राष्ट्रिय युवा परिषद् नेपाल – Satabdi News

हरेक दिन नयाँ कार्यक्रम गर्दै राष्ट्रिय युवा परिषद् नेपाल

२१ साउन, काठमाडौ । पछिल्लो समय राष्ट्रिय राष्ट्रिय युवा परिषद् नेपालले युवा सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कोभिड-१९ को महामारी, लकडाउनको विचमा पनि कम खर्चमा कोभिड विरुद्ध सचेतना, विभेद विरुद्ध कार्यक्रम, विज्ञान प्रविधि सम्मेल, स्वारोजगार, लैङ्गकि समता, शिक्षा बारे बहस त्यस्तै केन्द्र, प्रदेश र स्थानीय तहका युवाहरुको नेतृत्व, क्षामता अभिवृद्धिका निम्ति विभिन्न क्षेत्रका विज्ञ र युवाको सहभागिता कार्यक्रम सम्पन्न गरेको छ ।

यो बिच प्रत्येक प्रदेशमा नमुना सासद सम्पन्न गरिसकेको छ । International youth day 2021(August 12)(अन्तर्राष्ट्रिय युवा दिवस-श्रावण २८) राष्ट्रिय युवा परिषद नेपालको नेतृत्वमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल ले जानकारी दिए । राष्ट्रिय युवा परिषद् नेपालले विभिन्न संघसगठन सगको सहकार्यमा निम्न कार्यक्रम तय गरेको छ ।

१. कलाकार अभिमुखिकरण कार्यक्रम: श्रावण १८ (११ वजे) राष्ट्रिय युवा परिषद सानोठिमी- (सम्पन्न )
२. कार्यक्रमको जानकारी तथा पत्रकार अभिमुखिकरण- श्रावण १९(१ वजे)- राष्ट्रिय युवा परिषद सानोठिमी- (सम्पन्न )
३. भिडियो निर्माण प्रतियोगिता- श्रावण २०-२८ ( आवेदन फर्म खुलेको छ)- संयोजन-Save the children
४. वैदेशिक रोजगार: वरदान कि अभिसाप ! विषयक अन्तर्क्रिया- श्रावण २२(३ वजे भर्चुअल)- संयोजन- रिटर्नी माईग्रेन्ट नेपाल
५. रक्तदान कार्यक्रम- श्रावण २३(विहान ८ वजे)- वसुन्धरा दियालो फुडल्याण्ड र कलंकीमाई मन्दिर दुई स्थानमा- संयोजन रिटर्नी माईग्रेण्ट नेपाल
६. युवा जागरण लोकदोहोरी प्रतियोगिता- श्रावण २४ र २५(११ वजे)-
७. सहुलियतपूर्ण कर्जाका अवसर र चुनाैति विषयक अन्तर्क्रिया- श्रावण २४(३ वजे)- हाम्रो नयाँ कृषि सहकारी संस्थाको तालिम हल टंगाल- संयोजन रिटर्नी माईग्रेण्ट नेपाल
८. “स्थानीय उत्पादन र खाध्य प्रणालीमा रुपान्तरण” विषयक वक्तृत्वकला प्रतियोगिता-श्रावण २५ गते१० वजे- फर्म खुलेको छ- संयोजन sos school
९. याैनिक तथा अल्पसंख्यक समुहसँगको अन्तरक्रिया – श्रावण २५(३ वजे भर्चुअल)- संय‍जन Blue diamond society
१०. वालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भुमिका- श्रावण २६(३ वजे भर्चुअल)- संयोजन- jcycn
११. अपांगता भएका युवाहरुको राजनीतिक सहभागिता विषयक अन्तर्कृया – श्रावण २६ (२ वजे भर्चुअल)- संयोजन कलाधर भण्डारी
१२. युवा र उद्यमशीलता संवाद कार्यक्रम- श्रावण २७(३ वजे भर्चुअल)- संयोजन ILO
१३. Youth innovation workshop on food systems transformation- श्रावण २६-२७(११-१ वजे)- संयोजन UN Youth Group
१४. टेलीभिजन मार्फत युवा लागि संदेश प्रवाह- श्रावण २७( वेलुकी ८ वजेको समाचार पछि)

१५ मूल समारोह: (श्रावण २८- august 12)
क. उद्धाटन समारोह १०-१२ वजे)
ख. महामारीका सारथि युवा- पुस्तिका प्रकाशन- विमोचन- संयोजन आयोन
ग. खाध्य प्रणालीमा रुपान्तरण: माव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन- Dologue- संयोजन नेपाल युवा उद्यमी मन्च
घ. नेपालमा युवाको वर्तमान अवस्था: चुनाैती र अवसर संवाद कार्यक्रम- संयोजन आयोन
ङ. रिटर्नी माईग्रेण्ट नेपाल र राष्ट्रिय युवा परिषदको संयुक्त संयोजनमा तयार पारिएको गीति एलवम विमोचन – संयोजन रिटर्नी माईग्रेण्ट नेपाल जस्ता कार्यक्रमहरु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हरेक दिन नयाँ कार्यक्रम गर्दै राष्ट्रिय युवा पर..." A few seconds ago

सम्बन्धित खवर