केराबारीबाट अवैध काठ ओसारपसारमा संलग्न चार व्यक्ति पक्राउ – Satabdi News

केराबारीबाट अवैध काठ ओसारपसारमा संलग्न चार व्यक्ति पक्राउ

साउन ८, बेलबारी । मोरङको केराबारी क्षेत्रमा प्रतिबन्धित सखुवा जातको काठ अवैध रुपमा चोरी निकासी ओसारपसार गर्ने चार जना व्यक्ति पक्राउ गरेका छ्न् ।

ईलाका प्रहरी कार्यालय केराबारीले विशेष सूचनाको आधारमा खटिएको संयुक्त टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा साउन ०८ गते राति करिब १ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्ने विष्णु लिम्बु, सुमन लिम्बु, हरि लिम्बु र विक्रम लिम्बु रहेको ईलाका प्रहरी कार्यालय केराबारी जनाएको छ । उनीहरु सहित को.३८.प.१४२४ नम्बरको मोटरसाईकल र को.१.च.९०७४ नम्बरको सेतो पिकअप भ्यान पनि बरामद भएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि सब- डिभिजन वन कार्यालय केराबारीमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "केराबारीबाट अवैध काठ ओसारपसारमा संलग्न चार व्यक..." A few seconds ago

सम्बन्धित खवर