१५ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ – Satabdi News

१५ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ

१९ असार, काठमाडौ । आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडालका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका अनुसार घरमा कोही नभएको मौका पारी बाबुले संवेदनशील अंगमा छुने, समाउने कार्य गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

बाल यौन दुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्त का आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा कसुरदारलाई पेश गरेको परिसका सूचना अधिकृत दीपक गिरीले बताए । उनलाई पाँच दिन म्याद थप अनुमति प्राप्त गरी थप घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "१५ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ" A few seconds ago

सम्बन्धित खवर