हेर्नुस् अचानक भत्कियो अमेरिकाको बहुतले भवन, ५० जनाभन्दा बढी बेपत्ता – Satabdi News

हेर्नुस् अचानक भत्कियो अमेरिकाको बहुतले भवन, ५० जनाभन्दा बढी बेपत्ता

११, असार काठमाडौ । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एक १२ तले भवन अचानक भत्किएको छ । उक्त घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी हराइरहेका अधिकारीहरूले जनाएका छन् ।

उक्त भवन भत्किएको समयमा त्यहाँ कति जना थिए भन्ने अहिलेसम्म स्पष्ट भइनसकेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भत्किएको उक्त भवन सन् १९८० बनेको थियो । भवनमा भएका २३० फ्याटमध्ये आधामा क्षति पुगेको बताइएको छ ।

फ्लोरिडाका गभर्नर रन डिसेन्टिसले भत्किएको भवन हेर्दा थप दु:खद् समाचारका लागि तयार हुनुपर्ने बताएका छन् ।

एक प्रत्यक्षदर्शीका अनुसार उनले ठूलो आवाज सुनेका थिए । उनका अनुसार सुरुमा मोटरसाइकल हो भन्ने उनले ठानेको बताएका थिए । तर, घुमेर हेर्दा भवन भत्किएको देखेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हेर्नुस् अचानक भत्कियो अमेरिकाको बहुतले भवन, ५०..." A few seconds ago

सम्बन्धित खवर