दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ – Satabdi News

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

६ असार, काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै ?पाले घरबेटी विरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ" A few seconds ago

सम्बन्धित खवर