३९ पत्नी र २ सय सन्तान भएका जिओनाको देहावसान – Satabdi News

३९ पत्नी र २ सय सन्तान भएका जिओनाको देहावसान

३१ जेठ, एजेेेन्सी । यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ ।

भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन थार तिआननुम गाउँमा बसोबास थियो । जहाँ उनका ३९ पत्नीसहित सन्तान दरसन्तान एउटै घरमा अझै बस्दैछन् ।

उनले पहिलो पत्नीसँग १५ वर्षको उमेरमा सन् १९५९ मा विवाह गरेका थिए । २४ वर्षको उमेरमा दोस्रो विवाह गरे । पछिल्लो विवाह उनले २५ वर्षीया युवतीसँग सन् २००४ मा विवाह गरेका थिए ।

कतिपय छोरीहरु विवाह गरेर गएका छन् । उनको चार तल्ले विशाल घरमा अझैपनि १६२ जना बस्दै आएका छन् । उनको परिवारलाई हेर्नकै लागि गाउँमा पर्यटक आउने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "३९ पत्नी र २ सय सन्तान भएका जिओनाको देहावसान" A few seconds ago

सम्बन्धित खवर