थामी भाषा लिपिको संरक्षणमा थामी सम्वद्ध संघसंस्था र अग्रजहरूको संयूक्त अपिल – Satabdi News

थामी भाषा लिपिको संरक्षणमा थामी सम्वद्ध संघसंस्था र अग्रजहरूको संयूक्त अपिल

२७ जेठ, काठमाडौ । नेपाल सरकारले सुचिकृत गरेको ५९ आदिवासी जनजातिमध्ये अति सिमान्तकृत समुदाय अन्तर्गत पर्ने हामी थामी समुदायको भाषा, संस्कार, संस्कृति, भेषभुषा, इतिहास, परम्परा आदि हालसम्म पनि लोपोन्मुख अवस्थामा नै रहेको छ ।

लिपी सम्बन्धमा भने अध्ययन अनुसन्धान हुँदै आइरहेको छ । त्यसैले थामी समुदायको अस्तित्व, पहिचान र अधिकारसँग जोडिएको यि विषयहरुको संरक्षण, संवद्र्धन, प्रबर्द्धन र विकासको लागि हामी स्वयं समुदायगत र राज्य सरकारको तर्फबाट पर्याप्त मात्रामा खोज, अध्ययन, अनुसन्धान, छलफल तथा विमर्शहरु गरी/गराई व्यावहारिक र वैज्ञानिक तवरबाट विविध खाले योजना तर्जुमा तथा रणनितीहरुको तय गरी ठोस कार्यक्रमहरु चाल्नु आजको अपरिहार्यता रहेको छ । यसै विच हिजोआज एउटा अमुक संस्थाबाट प्रचार गरिएको थामी जातिको भनिएको लिपीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

थामी समुदायमा माथि उल्लेखित विविध विषयहरुमा विगत लामो समयदेखि खोज, अध्ययनहरु भइरहेको नै छ । हाम्रो लिपीको सन्दर्भमा पनि विविध खोज तथा अध्ययनहरु नभएको भने होइन । यस अघि पनि केहि थामी वुद्धिजीवी, अनुसन्धाताहरुले थामी भाषाको लिपी विकास गर्ने कार्यको थलानी गरेर निश्चित चरणसम्म लग्नुभएकै हो ।

लिपी सम्बन्धी काम अत्यन्तै महत्वपूर्ण र संवेदनशील हुने भएकोले यसमा पर्याप्त खोज, अनुसन्धान, छलफल, समुदायको अधिकतम सहभागीता आदिवाट मात्रै निष्कर्षमा पुग्न सकिने हुन्छ । यसको लागि हामीले अझ धेरै र लामो समय खोज अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ । यस क्रममा हालसम्म त्यस कदम अघिका केहि महत्वपूर्ण कार्यहरु; थामी भाषाको वर्ण निर्धारण गर्ने आदि कामहरु भएको छ । तर केहि समयको खोज, अध्ययन, केहि व्याक्तिहरुको मात्रै सहभागीतामा हाम्रो समुदायको आधिकारिक लिपी यो हो भनी दाबी गर्नु मुनासिब कदापि हुन्न । क्षणिक लाभको लागि हुनसक्ला तर दिर्घकालिन र परिणाममुखी बनाउन अनि त्यो कामको सबैले अपनत्व ग्रहण गर्न अनि गराउनका लागि जो कोहिले यस खाले अपरिपक्व कदमहरु चाल्नु कुनै पनि हालतमा उपयुक्त हुन्न ।

अंग्रजी भाषाको २६ वटा, नेपाली भाषाको ३६ वटा वर्णहरु भए जस्तै हाम्रो भाषाको पनि निश्चित संख्यामा वर्णहरु हुने गर्दछ । हालसम्मको खोज अध्ययनबाट थामी भाषाको वर्णहरु लघुतम युग्म (Minimal Pair) को परिक्षण अनुसार ३१ वटा मात्रै व्यञ्जन वर्णहरु रहेको छ । स्वरवर्णहरुको सन्दर्भमा अनुनासिक (Monophthongs) ५ र द्घिस्वरहरु (Diphthongs) ७ वटा गरी जम्मा १२ वटा स्वरवर्णहरु निर्धारण गरिएको छ । यस विषयमा पनि अझ धेरै खोज हुनु जरुरी छ । लिपी विकास अघि भाषाको वर्ण निर्धारण अनिवार्य मानिन्छ । त्यसैले लिपी निर्धारण र विकास गर्ने काम सरल कदापी छैन । हाम्रो समुदायको लागि अत्यन्तै संवेदनशील र महत्वपूर्ण यस खाले विषयहरुमाथि कोहि कसैले पनि अपरिपक्व तवरबाट अत्यन्तै हलुका रुपमा नलिइकन सामुहिक भावना र गम्भीरताको साथ लागि पर्नका लागि हामी आम थामी समुदायमा हार्दिक अपिल गर्दछौं ।

भविष्यमा हाम्रो पुस्ताहरुले गर्व गर्न लायक र उनीहरुलाई धोका नहुने खालको कामहरु गर्नका खातिर हामी र हाम्रो भन्ने सामुहिक भावना, पर्याप्त छलफल, खोज हुन अत्यन्तै जरुरी छ, नत्र हामी सही गन्तव्यमा कदापी पुग्दैनौं । हामी विश्वभर रहेको तमाम थामी समुदायमा अहिले सामाजिक सञ्जालमा आएको थामी भाषाको भनिएको लिपी नेपाल थामी समाजले आधिकारीक रुपमा प्रस्तुत नगरेको र पर्याप्त खोज अध्ययन नगरी केहि सीमित व्याक्तिहरुको मात्रै संलग्नतामा गरिएको यस खाले काम सिङ्गो समुदायले अपनत्व ग्रहण गर्न नसक्ने हुनाले यसमा कोहि कसै अन्योल वा भ्रममा नपर्न हामी विनम्रताको साथमा हार्दिक अपिल गर्दछौं । साथै लिपीको सम्बन्धमा हालसम्म ज–जसले जे–जति गर्नुभएको छ, त्यसको लागि हामी सम्पूर्णको तर्फवाट हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै हाम्रो लिपी सम्बन्धी गर्नुपर्ने आवश्यक कामहरु यसपछि पनि गर्दै जाने र संभव भएसम्म निकट भविष्यमा नै सबै वुुद्धिजीवी, अनुसन्धाताहरु र सिङ्गो समुदायको प्रतिनिधीहरुलाई समेटी निक्र्यौल गर्नमा लागि पर्ने प्रतिज्ञा समेत गर्दछौं ।

हस्ताक्षरकर्ताहरुः
१ सुख वीर थामी , अध्यक्ष नेपाल थामी समाज केन्द्रिय कार्यसमिति
२ गोपीलाल थामी सल्लाहकार नेपाल थामी समाज के का स
३ चुन बहादुर थामी पूर्व संविधान सभा सदस्य तथा सल्लाहकार नेपाल थामी समाज के का स
४ जगतमान थामी सल्लाहकार नेपाल थामी समाज के का स
५ विच्छी कुमार थामी सल्लाहकार नेपाल थामी समाज के का स
६ ठूला थामी सल्लाहकार नेपाल थामी समाज के का स
७ टहल थामी सल्लाहकार नेपाल थामी समाज के का स
८ मेघराज थामी सल्लाहकार नेपाल थामी समाज के का स
९ भव थामी सल्लाहकार नेपाल थामी समाज के का स
१० बखानसिंह थामी सल्लाहकार नेपाल थामी समाज के का स
११ डम्बर थामी ’अनुपम’, लेखक तथा पूर्व संयोजक थामी संयूक्त संघर्ष समिति
१२ मञ्जु थामी पूर्व के. उपाध्यक्ष तथा अध्यक्ष नेपाल थामी समाज, मोरङ
१३ भरतमान थामी के. उपाध्यक्ष तथा अध्यक्ष नेपाल थामी समाज, सुनसरी
१४ लाल बहादुर थामी पूर्व के. उपाध्यक्ष तथा अध्यक्ष नेपाल थामी समाज, झापा
१५ सन्तोषी थामी पूर्व के. सचिव तथा प्रतिनिधि नेपाल थामी समाज, खोटाङ
१६ टिकाराम थामी, के स तथा अध्यक्ष, नेपाल थामी समाज, उदयपुर
१७ विकेश थामी अध्यक्ष नेपाल थामी यूवा संघ के का स
१८ सपना थामी अध्यक्ष नेपाल थामी विद्यार्थी संघ के का स
१९ भगवती थामी, के.स. तथा प्रतिनिधि नेपाल थामी समाज सर्लाही
२० सबिता थामी, कोषाध्यक्ष नेपाल थामी यूवा संघ तथा प्रतिनिधी नेपाल थामी समाज, सिन्धुली
२१ होम थामी ब.उपाध्यक्ष, नेपाल थामी समाज दोलखा
२२ शरण थामी अध्यक्ष, नेपाल थामी समाज, सिन्धुपाल्चोक
२३ कमल थामी अध्यक्ष, नेपाल थामी समाज, इलाम
२४ नेपाल थामी समाज, रामेछाप
२५ रमेश अर्पण थामी, प्रतिनिधी तथा नि. अध्यक्ष नेपाल थामी समाज भोजपुर
२६ कुसुम थामी, कोषाध्यक्ष नेपाल थामी समाज, मकवानपुर
२७ नेपाल थामी समाज, सोलुखुम्बु
कोभिड–१९ बाट सबैजना सुरक्षित रहौंं, यसबाट बच्न सचेत बनौं भन्ने अनुरोध सहित सम्पूर्णमा सेवा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "थामी भाषा लिपिको संरक्षणमा थामी सम्वद्ध संघसंस्..." A few seconds ago

सम्बन्धित खवर