हतियार र लागु औषध कारोबारका गिरोह पक्राउ – Satabdi News

हतियार र लागु औषध कारोबारका गिरोह पक्राउ

जेठ, २७ बेलबारी । आज विहानको अं. ०६:१५ बजेको समयमा जिल्ला मोरङ बेलबारी न.पा. वडा नं १० भाउन्ने जंगल स्थित पुर्व पश्चिम लोक मार्गमा पुर्वबाट पश्चिम तर्फ जिल्ला मोरङ सुन्दरहरैचा न.पा.वडा नं ९ बस्ने चेवन कुमार धमला र सोही स्थान बस्ने बिशाल भन्ने खेम भट्टराई पछाडी सवार भएको प्रदेश नं १-०२-०४१ प ८८८७ नं.को मो.सा.ले पैदल यात्री जिल्ला मोरङ वेलबारी न पा वडा नं ११ बस्ने बर्ष १६ को प्रितम राई,ऐ.ऐ.बस्ने बर्ष १५ को सन्देश दाश र ऐ.ऐ.कानेपोखरी गा.पा.वडा नं ७ बस्ने बर्ष ६५ को दिल कुमार योगीलाई ठक्कर दिदा ५ जना नै घाईते भई उपचारका लागि नोबेल सामुदायिक अस्पताल बेलबारीमा ल्याईएको छ ।

घाईते मध्येका जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.०९ बस्ने चेवन कुमार धमला र ऐ.ऐ.बस्ने बिशाल भन्ने खेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखी चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३.८६० ग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको हुँदा अनुसन्धानको क्रममा उक्त लागु औषध जिल्ला मोरङ सुनबर्सी गा.पा.वडा नं ८ बस्ने बर्ष ६० को अब्बास मियाबाट खरिद गरी ल्याएको खुल्न आएको हुँदा निजको घर खानतलासी गर्ने क्रममा कटुवा पेस्तोल थान -१ ऐ.को.गोलि थान -२, नाईट्राभ्याट ६०० ट्यावलेट, डाईलेक्स डिसी २ बोतल र चक्कु थान १ समेत फेला परेको हुँदा निज चेवन कुमार धमला, विशाल भन्ने खेम भट्टराई र अब्बास मियाँलाई नियन्त्रणमा लिई यस कार्यालयबाट थप अनुसन्धान कार्य भईरहेको बेलबारी प्रहरी निरिक्षक सरोज खनालले शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हतियार र लागु औषध कारोबारका गिरोह पक्राउ" A few seconds ago

सम्बन्धित खवर