दक्षिण कोरियामा पुग्यो नारायणभक्त राईको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ पुस्तक – Satabdi News

दक्षिण कोरियामा पुग्यो नारायणभक्त राईको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ पुस्तक

लेखक : नारायणभक्त राई


दक्षिण कोरिया।
येलेदोङ ५०८१ सालको उभौली साकेलाको अवसरमा कोरियाको राजधानी सउल(सियोल) स्थित दोङदेमुनमा  रहेका नेपालीहरूमा बेलबारी मोरंगका नारायणभक्त राईले लेखेको  ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नाम पुस्तक वितरण गरिएको छ।उक्त पुस्तक केही महिना अगाडि नेपालमा बिमोचन गरेपछि पुस्तक दक्षिण कोरियामा पुगेको हो ।

मुख्यमन्त्री शेरधन राई बाट बिमोचन तस्बिर

यस पुस्तकमा किरात राई समुदायमा रहेको प्राचीन प्रथा अथवा कानुनहरू समाबेस गरिएको छ । सो पुस्तकलाई किरात राई समुदायको संविधान, ऐन, नियम, कानुनहरूको सँगालो हो, भन्दा अन्यथा हुँदैन । जानकारहरूको अनुसार किरात राई समुदायको प्रथामा आधारित कानुनमा लेखिएको यो नै पहिलो पुस्तक हो ।

किरात राई यायोक्खा दक्षिण कोरिया

किरात राई समुदायमा विद्यमान रहेको प्रथाजनित कानुन किरात राई समुदाय आफैले विकास गरेका हुन् । प्रथाजनित कानुन राई समुदायले आफ्नो समुदायलाई सुव्यवस्थित गर्नका लागि निर्माण गरिएको व्यवस्था हो । हजारौँ वर्षअघिदेखि स्थापित ती मूल्य मान्यताहरू राई समुदायमा आज पनि जिवित छन् ।

किरात राई समुदायको प्रथाजनित कानुन भनेको किरात राई समुदायमा नेपालको कानुन भने जस्तै हो । किरात राई समुदायमा प्रथाजनित कानुनको विपरित गए नेपालको कानुनमा जस्तै दण्ड सजाय भोग्नु पर्दछ ।

लेखकको अनुसार यस पुस्तकमा रहेको कन्या चोख्याउने प्रथाले महिलालाई अपहेलना हुनबाट मुक्त गराउँछ र अन्य आम मानिस सरह बाँच्न पाउँने अधिकारको सुनिश्चितता प्रदान गर्दछ । त्यसै गरी प्रकृतिसँग सम्बन्धित माछा, पाहा, वन्यजन्तु, रुख, जङ्गल किन जहिले पायो तहिले मार्न नहुने वा काट्न नहुने प्रथाहरू, विवाहवारी सम्बन्धि प्रथाहरू जस्ता धेरै प्रथाहरू सो पुस्तकमा रहेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दक्षिण कोरियामा पुग्यो नारायणभक्त राईको ‘किरात ..." A few seconds ago

सम्बन्धित खवर