
वैशाख २४, काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो ।
प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने र त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ । संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारी लगायतको स्वाब संकलन गरिसकिएको छ ।