नेपाली छोरी रेबेका राई बनिन् यूकेमा वकिल ! – Satabdi News

नेपाली छोरी रेबेका राई बनिन् यूकेमा वकिल !

२३ बैशाख, काठमाडौ । नेपाली छात्रा बेलायतको सोलिसिटर्स (वकिल) बनेकी छन् । भूतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसिटर्स बन्न सफल भएकी हुन् ।

पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर)मा २० बर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन् ।

हाल अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसिटर्स बनेकी हुन् । हाल ‘बाओर एन्ड बेली सोलिसिटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसिटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन् ।

डा. जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन् । डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन् । रेबेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन् ।

त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसिटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिईन् । सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को बर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसिटर्स’ बर्मिङघाममा प्यारा लिगलको तालिम लिएकी छन् ।

लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई बर्षे ट्रेनी सोलिसिटर्स गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली छोरी रेबेका राई बनिन् यूकेमा वकिल !" A few seconds ago

सम्बन्धित खवर