बैशाख २३, काठमाडौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् ।
मेयर घिमिरेको लु १ झ ३६० नम्बर र उपमेयर चौधरीको लु १ झ ३२६ नम्बरको स्कर्पियो गाडीमा अक्सिजन सिलिन्डर जडान गरी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण बिरामी ओसारपसार गर्न लागिएको हो ।
मेयर घिमिरेले भने, ‘नगरवासीले चौबिसै घण्टा सवारी साधनका लागि हारगुहार गर्न थाल्नु भयो । भनेको समयमा अस्पतालसम्म लैजाने सवारी साधन नहुँदा अकालमा ज्यान जान सक्ने अवस्था पनि आउन थाल्यो । उपमेयर जी र मैले सल्लाह गयौं र हामी दुवैजनाको गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरेर अहिले बिहानदेखि बिरामी बोक्न पठाउँदै छौं ।’ उनले आफुहरु बरु स्कुटी वा साइकल मै हिँड्ने उनले बताए