स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड – Satabdi News

स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड

स्ववियु सभापति सन्तोष लिम्बु

बैशाख १२, सुन्दरहरैचा । प्रदेश नं १ कै नमुना क्याम्पसको रुपमा  रहदै आएको मोरङको सुकुना बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख चन्द्रमणी राईको कार्यकक्ष तोडफोड भएको छ ।

आईतवार दिउसो स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड भएको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताएको छ ।

तोडफोड पश्चात सन्तोष लिम्बुसंगको सम्पर्कमा उनले सामान्य विवादमा घटना भएको जनाएका छन । यता क्याम्पस प्रमुख राईले समेत घटना सामान्य भएको बताएका छन ।

विआईसीटीको एड्मिसनको विषयलाई लिएर विवाद उत्पन्न भएको क्याम्पस प्रमुख राईले बताएका छन । स्ववियु सभापति र क्याम्पस प्रमुख बिचको विवादले टेबलको सिसा फुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्र..." A few seconds ago

सम्बन्धित खवर