पत्रकार महासंघ युरोपकाे अध्यक्षमा परियार – Satabdi News

पत्रकार महासंघ युरोपकाे अध्यक्षमा परियार

२०७८ वैशाख १२ गते । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका  तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य छन् ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइबा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।

यसैगरी, सदस्यमा वीरमान घर्ती, युवराज फुँयाल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल, अनिल पौडेल, भेषबहादुर सञ्जु  काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पातेञ्जी शेर्पा र किशोर लिम्बू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पत्रकार महासंघ युरोपकाे अध्यक्षमा परियार" A few seconds ago

सम्बन्धित खवर