बेलबारी आईडल सिजन २ को बिजेता नबिन कोइराला – Satabdi News

बेलबारी आईडल सिजन २ को बिजेता नबिन कोइराला

चैत्र २८ गते , २०७७ बेलबारी। श्रटा समाज बेलबारीको आयोजनामा शुरु गरिएको सुर सप्तक बेलबारी आईडल सिजन २ को फाइनल आज सम्पन्न भएको छ। बेलबारी नगरपालिका को आ ब २०७६ को बजेटमा प्रस्तावित यो कार्यक्रम गत बर्ष २०७६ साल फागुन ३ गतेबाट शुरु गरिएको थियो भने प्रतियोगिता मा ११५ जनाले सहभागी जनाएका थिए तर अन्तिममा ६ जना प्रतियोगीहरु मात्र फाइनलमा प्रबेस गरेका थिए। कोरना  ( covid 19 ) को कारण यस प्रतियोगिताको फाईनल स्थगित गरिएको थियो।

बेलबारीको सास्कृतिक भवनमा फाईनल प्रतियोगिता कार्यक्रम गरीएको थियो। यस बेलबारी आईडल सिजन २ को बिजेता बेलबारी वार्ड न ३ का नबिन कोइराला बनेका छन्। त्यसै गरि दोस्रो बिजेतामा बेलबारी वार्ड न ११ का रितेश तिम्सिना र तेस्रो बिजेतामा बेलबारी वार्ड न ११ कै रबिसन खत्री बनेका छन्। फाइनल बिजेताहरुलाई प्रमुख अतिथि बेलबारी नगर पालिका का प्रमुख ज्ञानेन्द्र सुबेदीले नगद सहित प्रमाण पत्र दिएका थिए।

यस प्रतियोगितामा प्रथम हुने बिजेताले नगद रु ३० हजार , दोस्रो हुनेले रु १५ हजार नगद र तेस्रो हुनेले रु १० हजार सहित शिल्ड र प्रमाण पत्र पाएका थिए। यस प्रतियोगिताको निर्णायकमा भिम बस्नेत ,बिशाल राई र किशोर थुलुङ्गले गरेका थिए। यस कार्यक्रमलाई संचारकर्मी करिना बस्नेतले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी आईडल सिजन २ को बिजेता नबिन कोइराला" A few seconds ago

सम्बन्धित खवर