विपुल पोखरेल नेतृत्वको प्यानल नै अगाडि : पत्रकार महासंघको मतपरिणाम – Satabdi News

विपुल पोखरेल नेतृत्वको प्यानल नै अगाडि : पत्रकार महासंघको मतपरिणाम

२०७७ चैत २८ गते । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मतपरिणाम आइसकेको छ ।

रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मतपरिणाम आउन बाँकी रहेको उनले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार, विपुल पोखरेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।

पोखरेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानलभन्दा दुई हजारभन्दा बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए । पछिल्लो मतपरिणामअनुसार,पोखरेल नेतृत्वको समूहले पाँच हजार तीन सय मत र शर्मा नेतृत्वको समूहले तीन हजार मत ल्याएको सिलवालले जानकारी दिए ।

सिलवालले विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्लालगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाइ भएको बताए ।  मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विपुल पोखरेल नेतृत्वको प्यानल नै अगाडि : पत्रका..." A few seconds ago

सम्बन्धित खवर