खानेपानी सस्थाको पुरानो समितिलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न – Satabdi News

खानेपानी सस्थाको पुरानो समितिलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

चैत्र २५, बेलबारी । बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता सस्थाको नया निर्बाचित समिति र सस्थाका कर्मचारीहरुले निबर्तमान समितिलाई विशेष कार्यक्रम सहित सम्मान तथा बिदाई गरिएको छ।

कार्यक्रममा निर्बर्तामान अध्यक्ष महेन्द्र सुबेदी, सचिव अमर बहादुर सुबेदी, कोशाध्यक्ष प्रताप थापा, सदस्यहरु होम पिथाकोटे, भगवती श्रेष्ठलाई कार्यक्रममा सम्मान सहित बिदाई गरिएको थियो ।

सस्थाका अध्यक्ष रुक्मिणी धिमालको अध्यक्षता र बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानेन्द्र सुबेदीले यस खानेपानी सस्थालाई स्थानिय सरकारबाट साथ् सहयोग निरन्तर रहने बताए । बेलबारी नगरबासिहरुलाई स्वच्छ खानेपानी खुवाउने जिम्मेबारी स्थानिय सरकारको पनि भएकोले यस सस्थालाई स्तर उन्नतिको लागि सहकार्य र सहयोग हुने प्रतिबद्दता गरे। सस्थाको ऋणलाई लिएर बेलबारी बासिहरु भ्रमित नहुन पनी आग्रह गरे। ऋण सुरुवाती समय देखि नै रहेको स्वीकार गर्दै अब उपभोक्ता सदस्यहरु बढाएर सस्थाको आम्दानी बढाउनु पर्ने र सस्थाको ऋण क्रमस घटाउदै जानु पर्नेमा जोड दिन विशेष आग्रह गर्नु भएको छ । खानेपानीको धाराहरु धेरै घर धुरी हरुमा जोड्न बाकि रहेको तथ्यांक देखाउदै अब धारा जोड्न नगरपालिकाले पनि विशेष कार्यक्रम नै ल्याएर अगि बढ्ने बताए ।

कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रमुख, राजनीतिक दलका बेलबारी नगर अध्यक्ष र उपभोक्ताहरु लगायतको उपस्तिथी थियो । कार्यक्रममा प्रमुख अतिथि ज्ञानेन्द्र सुबेदी, निबर्तमान अध्यक्ष महेन्द्र सुबेदी, जसपाका महिला नेत्री शान्ता तामाङ्ग, मावोबादी केन्द्रका बेलबारी नगर अध्यक्ष परशुराम सुबेदी, महिला समाजसेवी सिता सुबेदी लगायतले मन्तब्य राखेका थिए । सस्थाका सदस्य प्रेम बहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए भने सुभकामना मन्तब्य उपाध्यक्ष केशब घलेले दिएका थिए।

 

सदस्य भगवती श्रेष्ठ

सदस्य होम पिथकोटे

सदस्य रुक्मिणी धिमाल

अध्यक्ष महेन्द्र सुबेदी

सचिब अमर बा सुबेदी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खानेपानी सस्थाको पुरानो समितिलाई सम्मान तथा बिद..." A few seconds ago

सम्बन्धित खवर