बेलबारी । सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ । यस्तै बिगत केही बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत संगठित भएका युवाहरु समाजिक काममा सक्रिय भएर लागेका छन ।
हाम्रो एतिहासिक सागुरीगढी धनकुटा ग्रुपको सक्रियतामा सागुरीगढी गापा वडा नं ः ७ निवासी अरुण राईलाई नगद २ लाख ५० हजार १०० रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन ।
बिगत दुई बर्ष देखि प्यारालाइसिस बाट थलिएका २३ बर्षिय अरुण राई बुबा दल बहादुर राई र आमा बखन्ती राईको संग बस्दै आएका छन । बुबा दल बहादुर राईले ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्दै आएका थिए । चरम गरिबी र कामको अभावमा छोराको पालन पोषण र घर चलाउन अत्यन्त कठिन अवस्था छ ।
किरात राई यायोक्खा शाखा इजरायल बाट २ लाख ५ हजार र एतिहासिक सागुरीगढिको पहलमा ४५ हजार १०० रुपैयाँ गरि कुल २ लाख ५० हजार १०० रुपैयाँ सहयोग रकम राईको निवास पुगि हस्तान्तरण गरिएको हो ।
सहयोग रकम एतिहासिक सागुरीगढी धनकुटाको युवा अभियान्ता मेनुका याम्फु राई अनुकला राई , सुकपाल पुत्लुहाङ देवान , प्रितम राईको सक्रियतामा संकलन गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा भोला इवाहाङ राई, रिमा छिलिङ राई , जनप्रतिनिधि पुणर् प्रसाद राई , धन बहादुर राई लगायत युवा अभियान्ता रोमन वाम्बुले राई लगायत स्थानीयको उपस्थिति रहेको थियो।