भाउन्ने क्रिकेट प्रतियोगिता २०७७ को आर्थिक प्रतिवेदन सार्वजनिक , बचत रकम बाट मिर्गौला पीडितलाई सहयोग । – Satabdi News

भाउन्ने क्रिकेट प्रतियोगिता २०७७ को आर्थिक प्रतिवेदन सार्वजनिक , बचत रकम बाट मिर्गौला पीडितलाई सहयोग ।

चैत्र १४, बेलबारी । सयुक्त खस क्षत्री नेपाल बेलबारी १० द्वारा आयोजित त्-द्दण् क्रिकेट प्रतियोगित २०७७ को आर्थिक प्रतिवेदन साथै मिर्गौला पीडित कुम्भमाया लामिछानेलाई सहयोग रकम हस्तान्तरण गरेका छन ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा लामिछाने परिवारलाई ५० हजार १ सय ५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो । फागुन २० देखि २७ गते सम्म भएको प्रतियोगिता बाट कुल आम्दानी ४ लाख ५३ हजार ४ सय ६२ र कुल खर्च २ लाख ५१ हजार ५ सय ३२ गरि जम्मा २ लाख १ हजार ९ सय ३१ रुपैयाँ बचत बाट रकम मिर्गौला पीडित कुम्भ लामिछानेलाई २५ प्रतिशत प्रदान गरिएको छ भन्ने निर्माणधिन गौतमबुद्ध क्रिकेट रंगशालालाई २५ प्रतिशत सहयोग प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा आर्थिक संयोजक पुणर् दाहाल , लेखा संयोजक लिला बहादुर निरौला , खेल संयोजक चुवन खडका , अध्यक्ष इन्द्र बहादुर बस्नेत , खस क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष प्रताप कुमार थापा , जनप्रतिनिधि लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष थापाले सानो आम्दानीमा पनि आधा रकम बचत भएको देख्न पाउँदा खुशी व्यक्त गर्नुका साथै आगामी दिन पनि सहयोगलाई निरन्तरता दिने बताए । अध्यक्ष इन्द्र बहादुर बस्नेतले प्रतियोगितामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्न हुने सम्पुणर् सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा पनि थप कार्यक्रम लिएर आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाउन्ने क्रिकेट प्रतियोगिता २०७७ को आर्थिक प्रत..." A few seconds ago

सम्बन्धित खवर