बेलबारी खानेपानी सस्थामा सहमती हुन् सकेन, अब चुनाब हुने निश्चित – Satabdi News

बेलबारी खानेपानी सस्थामा सहमती हुन् सकेन, अब चुनाब हुने निश्चित

नेपाली कांग्रेसका नगर सभापति शम्भु भट्टराई

चैत्र १, बेलबारी । पटक-पटक बैठक बसी निकास निकाल्न खोजे पनि राजनीतिक दलहरुमा सहमती हुन् नसक्दा बेलबारी साना सहरी खानेपानी संस्थाको चुनाब हुने निश्चित भएको छ। नेपाली कांग्रेस पार्टीले अध्यक्ष पद नछोड्ने र नेकपा एमालेले पनि अध्यक्ष पदको दाबि गरेपछि सहमती हुन् नसकेको बार्ता टोलिको एक सदस्यले सताब्दी न्युजलाई बताए ।

त्यसैगरी साना दलहरुबाट बार्ता संयोजक गणत्रान्त्रिक मोर्चाका बेलबारी नगर संयोजक शान्तिराम गिरीको पहलमा सहमतिको लागि कोशिस गरे पनि नेकपा एमालेले पटक-पटक समय सार्दै अन्तत बार्तामा मै नआए पछि सहमती हुन् नसकेको बताए ।


अब खानेपानीको चुनाबमा राजनीतिक पार्टीहरुमा गठबन्धन भएर चुनाब लड्ने लगभग निश्चित भएको छ । नेपाली कांग्रेसका अध्यक्ष शम्भु भट्टराईले सताब्दी न्युज संग कुरा गर्दै हाम्रो नेतृत्वलाई स्वीकार गर्ने दलहरु संग सहकार्य गर्दै मिलेर चुनाब लड्ने बताए । त्यसैगरी समाजबादी पार्टीका नगर अध्यक्ष तिलक साम्पाङ्ग राईले हिजो पनि कांग्रेस संग मिलेर चुनाब लडेको र आज पनि नेपालि कांग्रेसको नेतृत्वलाई समर्थन गर्दै अबको खानेपानी चुनाबमा मिलेर जाने बताए । चुनाबको लागि नोमिनेसन गर्ने समय सोमबार रहेकोले अब कुन-कुन पार्टीहरु गठबन्धन गरेर चुनाब लड्दैछ भन्ने कुरा अझ स्पस्ट हुनेछ ।

जनता समाजवादी पाटीका नगर अध्यक्ष तिलक साम्पाङ राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी खानेपानी सस्थामा सहमती हुन् सकेन, अब चु..." A few seconds ago

सम्बन्धित खवर