प्रदेस न १ स्तरिय टि-२०क्रिकेट प्रतियोगिता-२०७७, इटहरी क्रिकेट एकेडमीले चुम्यो, बेलबारी – Satabdi News

प्रदेस न १ स्तरिय टि-२०क्रिकेट प्रतियोगिता-२०७७, इटहरी क्रिकेट एकेडमीले चुम्यो, बेलबारी

बेलबारी ,मोरंग । संयुक्त खस क्षेत्रि नेपाल बेलबारी वार्ड न १० को आयोजनामा बेलबारी वार्ड न ८/९ को खेल मैदानमा संचालित प्रदेस स्तरिय टि – २० क्रिकेट प्रतियोगिता – २०७७ को फाइनल खेल आज सम्पन्न भएको छ।सनिश्चरे क्रिकेट क्लब र इटहरी क्रिकेट एकेडमी बीच भएको फाइनल खेलमा सनिश्चरे क्रिकेट क्लबलाई १९ रनले हराउदै इटहरी क्रिकेट एकेडमी टि – २० किकेट प्रतियोगिता – २०७७ को बिजेता बनेको छ। इटहरी क्रिकेट एकेडमीले टस जितेर पहिलो इनिंग मा ब्याटिङ्ग रोजेको थियो भने पथरी नशिश्चारे क्रिकेट क्लबले बलिङ्ग गरेको थियो। निर्धारित २० ओभरमा इटहरी क्रिकेट एकेडमीले ८ विकेटको क्षति मा १९४ रन बनाएर पथरी सनिश्चरे क्रिकेट क्लबलाई १९५ रनको टार्गेट दिएको थियो। पथरी सनिश्चरे क्रिकेट क्लबले इटहरी क्रिकेट एकेडमीले दिएको लक्ष्य पछ्याउदै १७५ रन मा ऑल आउट भएको थियो।
बिजेता टिम इटहरी क्रिकेट एकेडमीलाई नगद तिस हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र त्यसै गरि उप बिजेता टिम सनिश्चरे क्रिकेट क्लबलाई नगद बिस हजार रुपैया र ट्रफी सहित प्रमाण पत्र प्रदान गरिएको थियो।
आजको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम संयुक्त खस क्षेत्रि समाज बेलबारी वार्ड १० का अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगर पालिका मेयर ज्ञानेन्द्र सुबेदी,विशिष्ट अतिथि मा उप मेयर ढाका पराजुली , संयुक्त खस क्षेत्रि समाज का केन्द्रिय उपाध्यक्ष प्रताप थापा, बेलबारी वार्ड न १० अध्यक्ष गङ्गा याखा ,वार्ड न ८ का अध्यक्ष धनपति गौतम वार्ड न ९ का नगेन्द्र खड्का लगायत अतिथिहरुको उपस्तिथी रहेको थियो। उक्त कार्यक्रम सृजना कट्टेलले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेस न १ स्तरिय टि-२०क्रिकेट प्रतियोगिता-२०७७..." A few seconds ago

सम्बन्धित खवर