युवा सरोकार मञ्चद्वारा वातावरण संरक्षण तथा अन्तर्कियात्मक कार्यक्रम समपन्न – Satabdi News

युवा सरोकार मञ्चद्वारा वातावरण संरक्षण तथा अन्तर्कियात्मक कार्यक्रम समपन्न

बेलबारी । युवा सरोकार मञ्च बेलबारीले आयोजना गरेको चार दिने वातवरण संरक्षणमा विध्यार्थीहरुको भुमिका तथा अन्तर्कियात्मक कार्यक्रम सोमबारबाट सुरु भएको छ ।

बेलबारी ४ को कसेनी माविमा सोमबार गरीएको पहिलो कार्यक्रम सकरात्मक रुपमा सम्पन्न भएको युवा सरोकार मञ्चका अध्यक्ष रिषि राईले बताएका छन् ।

वातवरण सफा र स्वच्छ राख्न विध्यार्थीहरुको महत्वपुणर् भुमिका रहने हुदा यो कार्यक्रम विध्यालयबाटनै सुरुवात गरीएको राईको भनाई छ ।

कार्यक्रम नारी विकास सघं बेलबारीको सहकार्यमा भैरहेको हो । कार्यक्रममा प्रशिक्षकको रुपमा सामाजीक क्षेत्रमा अग्रसर शर्मिला लुङगेली मगर र रिता कोइराला को उपस्थीति रहेको थियो ।

वातावरण संरक्षण सचेतना कार्यक्रम बिद्यार्थी बर्गमा आवस्यता भएको कारणले बेलबारी नगर क्षेत्रको मावी स्तरिय स्कुलमा ४ दिने कार्यक्रम संचालन गरिएको युवा सरोकार मञ्चका उपाध्यक्ष किरण बिसुङ्खेले बताए ।
त्यसैगरी अन्य विभिन्न क्षेत्रका प्रतिनीधिहरुको समेत उपस्थीति रहेको थियो । कार्यक्रममा सुदिप बुढाथोकी , नवीन खडका , अर्पन राई , रोहन भुजेल , रोशन अधिकारी , अरुण राई लगायतको उपस्थिति रहेको थियो ।
ब्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युवा सरोकार मञ्चद्वारा वातावरण संरक्षण तथा अन्त..." A few seconds ago

सम्बन्धित खवर