सोनाम ल्होछारको अवसरमा इटहरीमा खेलकुद र बृहत साँस्कृतिक कार्यक्रम हुने – Satabdi News

सोनाम ल्होछारको अवसरमा इटहरीमा खेलकुद र बृहत साँस्कृतिक कार्यक्रम हुने

तामाङ्ग जातीको मौलिक चाड सोनाम ल्होछार(नयाँ वर्ष)को अवसरमा इटहरीमा खेलकुद तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

इटहरी- ३ मा रहेको उर्गेन छ्योइलिङ् गुम्बाको मुख्य आयोजना र सिद्धार्थ युवा समुहको संयोजनमा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम, तामाङ्ग मौलिक मेला र प्रदेश स्तरीय फुटबल “दिलेन्द्र राई स्मृती तेस्रो सिद्धार्थ नकआउट फुटबल प्रतियोगिता“ आयोजना गरिने भएको हो । साँस्कृतीक कार्यक्रममा मौलिक पहिचान झल्कने सेलो नृत्यको साथ चर्चित गायकहरुको गायन रहने र तामाङ जातीसंग सन्दर्भ जोड्ने चर्चित वक्ताहरुको मन्तव्य रहने कार्यक्रम रहेको छ ।

सोनाम ल्होछारको दिन फुटबल प्रतियोगिताको फाइनल खेल पनि हुनेछ । हाल कार्यक्रमलाई लक्षित गरी इटहरी(३ बौद्ध चौकमा रहेको फुटबल मेैदान र मञ्चलाई मर्मत संभार गर्ने काम सकिएको आयोजक समिती संयोजक जीत बहादुर गोम्देनले जानकारी दिएका छन ।

यसैगरी फुटबल प्रतियोगिताको सम्बन्धमा सिद्धार्थ युवा समुहका अध्यक्ष आशिक वाइबाले हामीसंग कुरा गर्दै यस प्रतियोगिताको बिजेताले नगद एकाउन्न हजार, ट्रफि, मेडल र प्रमाण(पत्र प्राप्त गर्नेछन भने उप(बिजेता टिमले नगद एकतीस हजार सहित ट्रफी, मेडल, प्रमाण – पत्र प्राप्त गर्ने र विधागत उत्कृष्ट खेलाडीले व्यक्तिगत विधामा पुरस्कृत हुने पनि बताएका छन । प्रतियोगितामा सुनसरी, मोरङ्ग, झापा, उदयपुर र तेह्रथुमका टिमहरुले प्रतिष्पर्धा गर्ने छ । फाइनल खेल सोनाम ल्होछारको दिन तामाङ साँस्कृतिक-मौलिक मेलाको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सोनाम ल्होछारको अवसरमा इटहरीमा खेलकुद र बृहत सा..." A few seconds ago

सम्बन्धित खवर