दशनामी ग्रुपद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग – Satabdi News

दशनामी ग्रुपद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग

बेलवारी । दशनामी युवा ग्रुपले प्रविन गिरि बचाउ अभियान अन्तर्गत मिर्गौला पीडित प्रविन गिरीलाई ७५ हजार २ सय ७५ रकम सहयोग प्रदान गरेका छन् ।

बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन हुँदै आईरहेका छन् ।

सहयोग रकम अनु पुरीले मिर्गौला पीडित प्रविन गिरिलाई हस्तान्तरण गरेका थिए । अनिल गिरि , अनु पुरि , प्रकाश गिरि , सुस्मा गिरि , माधव गिरि
लगायतको सहयोगको उक्त रकम संकलन भएको हो ।

प्रविन गिरी बचाउ अभियानका अभियान्ता रोमन वाम्बुले राईले सहयोग गर्नु हुने दशनामी ग्रुप लगाएत सम्पुणर्लाई धन्यवाद व्यक्त गरेका छन् ।

अभियान्ता रोमन वाम्बुले राई , निसान राई , सुसिला राईको उपस्थित रहेको थियो ।

प्रविन गिरिको उपचारका लागि अझै रकम आवस्यक भएकाले रोमन वाम्बुले राईले सहयोगको लागि अपिल गरे ।
ब्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दशनामी ग्रुपद्धारा मिर्गौला पीडित गिरीलाई आर्थि..." A few seconds ago

सम्बन्धित खवर