प्रधानमन्त्री ज्यु! संविधान पढ्न नेपाल ल क्याम्पस आउनुस् :- अनेरास्ववियु – Satabdi News

प्रधानमन्त्री ज्यु! संविधान पढ्न नेपाल ल क्याम्पस आउनुस् :- अनेरास्ववियु

पुस २९, काठमाडौँ । दाहाल-नेपाल पक्षका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छन् ।

दाहाल–नेपाल पक्षीय नेकपा नेतृत्वको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको हो  प्रधानमन्त्री ओलीले व्यक्तिगत र निजी स्वार्थका लागि र कुर्सीका लागि असंवैधानिक कदम चालेको  अनेरास्ववियुका सह-संयोजक रन्जित तामाङले बताए ।

संविधानको सही व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधीशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनले बताए ।

अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्री ज्यु! संविधान पढ्न नेपाल ल क्याम्..." A few seconds ago

सम्बन्धित खवर