खगेन्द्र याक्खालाई आर्थिक सहयोग – Satabdi News

खगेन्द्र याक्खालाई आर्थिक सहयोग

बेलबारी । विगत ४ बर्ष देखि अज्ञात रोगका कारण घरमा थलिएका खगेन्द्र याक्खालाई हङकङमा कार्यरत लुना लिम्बुद्वारा रु १० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

सामाजिक अभियान्ता रोमन वाम्बुले राईले उक्त रकम बिरामीको घरमै पुगेर खगेन्द्र याक्खालाई हस्तान्तरण गरेका हुन ।

बेलबारी वडा १० निवासी याक्खा बिगत ४ बर्ष देखि अज्ञात रोगका कारण हिडडुल समेत गर्न नसक्ने अवस्थामा थलिएर बसेका छन । हडि सुक्दै जाने यश रोगबाट ग्रसित याक्खा परिवारले उनको उपचारका लागि विभिन्न अस्पताल पुर्याए पनि रोगको सहि पहिचान हुन नसकेका कारण उपचारमा  सम्पुणर् सम्पत्ति सकिएको याक्खा परिवारले बताए ।

अत्यन्त कमजोर आर्थिक स्थितिका याक्खा परिवारको सम्पुणर् सम्पत्ति उपचारमा सकिएको कारणले हाल भाडाको घरमा बस्दै आएका छन ।

अभियान्ता रोमन वाम्बुले राईले खगेन्द्र याक्खाको उपचारका लागि रकम आवस्यक भएकाले सहयोगको लागि सबैमा अपिल समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "खगेन्द्र याक्खालाई आर्थिक सहयोग" A few seconds ago

सम्बन्धित खवर