ईलामकाे माई नगरपालिकामा जसपाकाे प्रशिक्षण – Satabdi News

ईलामकाे माई नगरपालिकामा जसपाकाे प्रशिक्षण

दानाबारी/ जनता समाजवादी पार्टी, नेपाल माई नगरपालिकाको आयोजनामा अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ।

माई नगरपालिकाकाे दानाबारीमा साेमबार भएको कार्यक्रममा लिम्बुवान आन्दोलनका पुराना नेता संघीय लिम्बुवान पार्टी, नेपालका केन्द्रिय सदस्य शेरबहादुर लोक्तम र तिर्थ साउदेन जसपा प्रवेश गरेका थिए । नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि जसपा, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले स्वागत गर्नु भएकाे थियाे । कार्यक्रमका प्रमुख प्रमुख प्रशिक्षक माखिमले समसामयिक राजनीतिक घटनाक्रम, जसपा, नेपालको मार्ग दर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद आदि लगायत बिषयमा प्रशिक्षण दिनु भएकाे थियाे । प्रशिक्षणको क्रममा माखिमले भन्नुभयाे “पहिचानको मुद्दा जसपा, नेपालको आत्मा हो, गहना होईन। यस्लाई बाईपास गर्ने, अवरोध गर्नेहरु पार्टी भित्रका आन्तरिक प्रतिगामी तत्वहरु हुन् । जहाँसुकैका भए पनि प्रतिगामी तत्वहरुलाई ध्वस्त पार्नु पर्छ ।” कार्यक्रममा ईलाम जिल्ला सदस्य तथा माई ईन्चार्ज बलबहादुर आङदेम्बे, माई नगर उपाध्यक्ष ठगबहादुर लिम्बु, जिल्ला युवा सदस्य ओपेन्द्र राई, शिल्पी विशेष प्रदेश प्रदेश १ सदस्य सामुईल लोहार आदिले बोल्नु भएको थियो । माई नगर सचीव भुपेन्द्र राईको संचालनमा र माई नगरपालिका अध्यक्ष टुपेन्द्र येक्तेनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ईलामकाे माई नगरपालिकामा जसपाकाे प्रशिक्षण" A few seconds ago

सम्बन्धित खवर