मधुमल्ला । जनता सममजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य खगेन्द्र माखिमले काङ्ग्रेस, कम्युनिष्ट पञ्चेहरु भन्दा १० गुणा बढि भ्रष्टाचारी भएकाे आराेप लगाउनुभयाे ।
मिक्लाजुङ, मधुमल्लामा साेमबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै माखिमले समाज बदल्नुकाे सट्टा पुराना पार्टी भ्रष्टाचारमा लिप्त भएकाे बताउनुभयाे । उहाँले काङग्रेस र कम्युनिष्ट पार्टि थाेत्राे भएकाे बताउनु हुँदै ती पार्टिहरुमा समाजलाई हेर्ने दृष्टिकाेण नै खराब भएकाे समेत बताउनुभयाे । उहाँले भन्नुभयाे – “नेपाली समाजलाई लड्डु समाज बनाउने हाेईन्, ईन्द्रेणी समाज बनाउनु पर्छ ।” मुलुकलाई बदल्न जनता समाजवादी पार्टी विकल्पमा पार्टीका रुपमा आएकाे बताउनुभयाे । लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष समेत रहनु भएका माखिमले पहिचान पक्षधरहरु एक हुनुकाे विकल्प नरहेकाे बताउनुभयाे । पहिचान सहितकाे १० प्लस १ सहितकाे संघियता जनता समाजवादी पार्टी, नेपालकाे लक्ष्य भएकाे बताउनुभयाे ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य लाेकसागर साम्बाले संघीयता र गणतन्त्र सिध्याउन ओलिले प्रतिगमन गरेकाे बताउनुभयाे । संसद विघटन गर्न संविधानकाे पालक राष्ट्रपति समेत केपी ओलीकाे गाेटि भएकाे उहाँले बताउनुभयाे । मुलुकले युवाहरुलाई सहि दिशा निर्देशन गर्न नसकेकाे बताउनु भयाे । उहाँले भन्नू भयाे “राजनीति प्रति युवाहरुमा वितृष्णा जागे भने देश बर्वादि तर्फ जान्छ ।” संस्कारयुक्त पार्टि निर्माण गर्ने अभियानमा जनता समाजवादि पार्टी रहेकाे समेत उहाँले बताउनुभयाे । त्यस्तै लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव केदार धिमालले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताकाे मुद्धालाई व्यवहारमा समेत दह्राे गरि अगाडि बढि रहेकाे बताउनुभयाे । त्यस्तै समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सञ्जय राईले देश जातिय र वर्गिय समस्यामा जकडिएकाे बताउनुभयाे । उहाँले याे समस्यालाई मुक्ति दिलाउनु जनता समाजवादी पार्टी, नेपाल विकल्पकाे रुपमा आएकाे बताउनुभयाे । हरि न्याैपानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लिम्बुवान मञ्चका जिल्ला सदस्य सुनिता थक्सुङ लगायत नेकपा, काङ्ग्रेस, लिम्बुवान लगायतका पार्टी परित्याग गरि ५० जना भन्दा बढि युवाहरु जसपा, नेपालमा प्रवेश गरेका थिए । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य बाङ्गाई धिमाल, प्रदेश सदस्य विशाल आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य तथा उर्लाबारी नगर अध्यक्ष मातृका धिमाल, सचिवालय सदस्य अजित धिमाल, सदस्य माेहन धिमाल, युवा नेता राेशन लिम्बु लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम जसपा, नेपाल मधुमल्ला नगर समितिका अध्यक्ष डिएगाे चेम्जाेङले सञ्चालन गर्नु भएकाे थियाे ।