ओलीसंगै पुरानो संसदीय ब्यवस्था समेत फ्याक्नु पर्छ: खगेन्द्र माखिम – Satabdi News

ओलीसंगै पुरानो संसदीय ब्यवस्था समेत फ्याक्नु पर्छ: खगेन्द्र माखिम

पान्थर । जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले ओली सँगै पुरानाे संसदिय व्यवस्था फ्याक्नु पर्ने बताउनु भएकाे छ ।

पान्थरको तुम्बेवा गाउँपालीका समायोजन कार्यक्रममा बाेल्दै माखिमले साे कुरा बताउनु भएकाे हाे । समायोजन कार्यक्रमकाे प्रमुख अतिथी रहनु भएका माखिमले “संसद विघटनको प्रसंग निकाल्दै केपि ओलीले मानसिक सन्तुलन गुमाएकाे समेत आराेप लगाउनुभयाे । माखिमले भन्नु भयाे – “यो पुरानो संसदीय ब्यवस्था ठिक छैन । ओली संगै यो ब्यवस्था पनि फ्याक्नु पर्छ ।” कार्यक्रमका विशिष्ट अतिथी रहनु भएका पार्टिका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लावतीले केपि ओली संघीयता, पहिचान, लिम्बुवान बिरोधि भएकाे आराेप लगाउनुभयाे । ओलि उल्टो दिशामा हिड्नु र उनीहरुको पार्टी ध्वस्त हुनु स्वाभाविक भएकाे बताउनु हुँदै अब पहिचानको मुद्दा स्वीकार नगर्ने दलहरू समाप्त हुनु पर्ने बताउनुभयाे । कार्यक्रममा जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य जकेन्द्र लावती, गणेश चेम्जोङ लगायतले बाेल्नु भएकाे थियाे । रोशन लावतीको अध्यक्षतामा भएकाे कार्यक्रममा युवा नेता मिलन देवानले कार्यक्रम संचालन र दिल प्रसाद लावतीले स्वागत मन्तव्य राखेका थिए । तुम्बेवाको मौवा बजारमा सम्पन्न कार्यक्रम बाट राेशन लावतीकाे अध्यक्षतामा गाउँपालिका समिति समायाेजन भएकाे छ । उपाध्यक्षमा दिल प्रसाद लावती, सचिवमा यादब कुरुम्बाङ, सह-सचिव असोक राई र कोषाध्यक्षमा स्मृति राई रहनु भएकाे छ । त्यस्तै सदस्यहरुमा सारदा सम्बाहाम्फे, छवि खड्का, सेसेहाङ लावती, भेषराज सम्बाहाम्फे, बिरबहादुर नेपाली, टेकेन्द्र कुरुम्बाङ, राजेन्द्र ईम्सङ समायोजित हुनु भएको छ । साे कार्यक्रममा विभिन्न दल परित्याग गरि दुई दर्जन भन्दा बढी जसपा, नेपालमा प्रवेश भएका थिए । यो समायोजन कार्यक्रमसंगै पान्थर जिल्लाको सबै स्थानीय निकायमा समायोजन सम्पन्न भएको छ भने यही पुष १० गते पान्थर जिल्ला समायोजन कार्यक्रम पान्थर सदरमुकाम फेदेन बजारमा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओलीसंगै पुरानो संसदीय ब्यवस्था समेत फ्याक्नु पर..." A few seconds ago

सम्बन्धित खवर