ओलीकाे कदम लाेकतन्त्र माथिकाे 'कु' - सञ्जय राई – Satabdi News

ओलीकाे कदम लाेकतन्त्र माथिकाे ‘कु’ – सञ्जय राई

बिराटचाैक । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सञ्जय राईले केपी ओलीले संसद विघटन गरेर लाेकतन्त्र माथि ‘कु’ गरेकाे आराेप लगाउनुभयाे ।

समाजवादी विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस ईकाई समितिद्वारा सुन्दरहरैचा स्थित बिराटचाैकमा आयाेजित विराेध सभामा बाेल्दै साे आराेप लगाउनु भएकाे हाे । भाषणमा लाेकतन्त्रकाे हिमायती हुँ भन्ने ओलीले संसद विघटन गरेर लाेकतन्त्र माथि प्रहार गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे “ओली गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीताकाे विराेधी हुन् ।” केपी ओली र विद्या भण्डारीकाे प्रतिगामी कदमकाे विरुद्धमा लाेकतन्त्रवादी शक्तिहरु एक हुनुकाे विकल्प नभएकाे बताउनु हुँदै युवा, विद्यार्थीहरुले ओलीलाई सडकमा घिसारेर ल्याउने चेतावनी दिनुभयाे ।

त्यस्तै समाजवादी पार्टी, नेपाल १ नम्बर प्रदेश समितिका सदस्य केदार धिमालले नेपालकाे संविधानमा कतै पनि संसद विघटन गर्ने व्यवस्था नभएकाे बताउनु भयाे । ओलीकाे याे कदम लाेकतन्त्र विराेधी कदम भएकाे बताउनु हुँदै सडक संघर्षबाटै त्यसकाे हिसाब गर्ने बताउनु भयाे । समाजवादी विद्यार्थी युनियनका उपमहासचिव दिनेश दंगालले नेपालमा संसदिय व्यवस्था फेल भएकाे बताउनुभयाे । दुई तिहाईकाे सरकार समेत स्थाईत्व नभई विघटित हुनुले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति व्यवस्था अपरिहार्य भएकाे बताउनुभयाे । कार्यक्रममा समाजवादी पार्टि, नेपाल बेलबारी नगर समितिका अध्यक्ष तिलक राईले समेत सम्बाेधन गर्नु भएकाे थियाे । समाजवादी विद्यार्थी युनियन, सुकुना बहुमुखी क्याम्प ईकाई समितिले असंवैधानिक, अलाेकतान्त्रीक, निरकुश, प्रतिगमनकारी कदम विरुद्ध विराेध सभा कार्यक्रम आयाेजना गरिएकाे युनियनका केन्द्रीय सदस्य अरुण राईले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओलीकाे कदम लाेकतन्त्र माथिकाे ‘कु’ ..." A few seconds ago

सम्बन्धित खवर