आगलागीबाट १३ बर्षीय बालकको मृत्यु – Satabdi News

आगलागीबाट १३ बर्षीय बालकको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१४ झटियायीमा घुरको आगोले घर जल्दा १३ बर्षीय बालकको मृत्यु भएको छ । त्यस्तै ३ जना घाइते समेत भएका छन् ।

शनिबार राति घुरमा बालेको आगोले घर जल्दा राजेशकुमार दासका १३ वर्षीय छोरा रविन दासको मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी, ७ वर्षीय छोरा किसनकुमार र राजेशकुमार दाससमते सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । घाइते इन्दुदेवीको दाहिने हात जलेको छ भने घाइते रवि दासको अनुहार जलेको निरीक्षक दिपक थापाले जानकारी दिए । घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आगलागीबाट १३ बर्षीय बालकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर