लाल किल्ला असफल भो: खगेन्द्र माखिम – Satabdi News

लाल किल्ला असफल भो: खगेन्द्र माखिम

फिदिम । लुङरुप्पाको फोक्टेमा जसपा, नेपालको शनिवार कार्यालय उदघाटन भएको छ ।

माओवादीको प्रभावित एरिया मानिने यो बिकट ठाउँमा आज जसपा, नेपालका केस तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष, लिम्बुवान आन्दोलनका स्थापित युवा नेता खगेन्द्र माखिम प्रमुख अतिथिको रूपमा पुगेका थिए । माखिमले खुला सभामा बोल्दै भने “लुङरुप्पाको यो फोक्टेमा आज समाजवादीले जरा गाडेको छ,यो जनताको पार्टी हो, बल्ल जनताको पार्टी गाउँमा आएको छ । उनले भने कम्युनिस्टहरुले हामीले चुनाव जित्यौं अब यो लाल किल्ला हो भने तर कहिल्यै जनताको किल्ला बन्न सकेन । जनताको स्तरमा कुनै परिवर्तन आएको छैन। लाल किल्ला असफल भएको छ । अब जनताको आफ्नो गाउँ र जिल्ला बनाउन जसपालाई साथ दिन आग्रह गरे । उनले थपे ३० वर्ष पंचायतले देश खतम गर्यो भन्ने कम्युनिस्टहरुले आफैले शासन गरेको पनि ३० वर्ष पुगि सक्यो । खोइ केही परिवर्तन भएको छैन भन्दै कम्युनिस्ट सरकार असफल भएको बताए । विशिष्ट अतिथि केस तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष प्रेमराज लावती ले पहिचानवादीहरु एक हुन आग्रह गर्दै अब पहिचानवादी, १० प्लस १ चाहने शक्तिहरु जसपा, नेपालमा गोलवन्द हुनु पर्ने बताए । लुङरुप्पा फोक्टे चाम्लिङ डाँडामा आयोजित फेदेन १३ को जसपा, नेपालको वार्ड कार्यालय उद्घाटन तथा खुला सभा कार्यक्रममा जसपा, नेपाल फिदिम वार्ड नम्बर १३ का अध्यक्ष बिपिन चाम्लिङको अध्यक्षता कार्यक्रम संचालन वार्ड सचिब सुमन माङमुले गरेका थिए । र वार्ड ईन्चार्ज सुर्यमान राईले स्वागत मन्तव्य दिएका थिए । उदघाटन सभामा फिदिम वार्ड नम्बर १४ का अध्यक्ष मिक्सेन फागो, वार्ड नम्बर १२ का अध्यक्ष निमा शेर्पा, फिदिम नगर अध्यक्ष गौरव लामा, पान्थर जिल्ला सदस्य महेन्द्र नेम्बाङ “चर्चित”, लिम्बुवान राष्ट्रिय समिति सदस्य राकेश माङमु आदिले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लाल किल्ला असफल भो: खगेन्द्र माखिम" A few seconds ago

सम्बन्धित खवर