एक रुपैयाँ बजेट दुरुपयोग हुन दिंदैनौँ। – Satabdi News

एक रुपैयाँ बजेट दुरुपयोग हुन दिंदैनौँ।

पुष ३, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगरक्षेत्रभित्र संचालित विभिन्न विकास निर्माणका योजनाहरुको गुणस्तरीयतालाई मध्यनजर गर्दै नगरस्तरीय अनुगमन् समितिले निर्माणाधीन र निर्माण सप्पन्न योजनाहरुको अनुगमन् गरेको छ ।

आजै नगरपालिकाको पुर्वाधार विकास अन्तर्गत रहेको वडा नं ५ स्थित रामपुरमा पर्ने लक्ष्मीनारायण टोल सडक कालोपत्रे योजनाको समितिले अन्तिम चरणको अनुगमन गरेको छ।नगरपालिकाकि उपमेयर एवम् नगरस्तरीय अनुगमन समिति संयोजक ढाकाकुमारी पराजुलीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह,इन्जिनियर बालकृष्ण निरौला,सव इन्जिनियर योगेश गौतम,वडाका जनप्रतिनिधि साथै उपभोक्ता समितिको उपस्थितिमा सो योजनाको अनुगमन भएको थियो।

अनुगमनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले नगरपालिका कामको गुणस्तरीयतामा सचेत रहेको बताएका छन्।यस्तै उपमेयर एवम् अनुगमन समिति संयोजक ढाकाकुमारी पराजुलीले स्टिमेट अनुरुप गुणस्तरीय कामको सवालमा कोहीसँग कुनै सम्झौता नहुने भन्दै पुर्वाधार सँगै नगरपालिकाको कुनै बजेट एक रुपैया पनि हिनामिना हुन नदिई आफूहरुले उच्च पारदर्शिताको अभ्यास गरिरहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एक रुपैयाँ बजेट दुरुपयोग हुन दिंदैनौँ।" A few seconds ago

सम्बन्धित खवर