आदिवासी बेलबारीद्वारा ३९ जना जेहेन्दार बिद्यार्थीलाई छात्रावृती वितरण – Satabdi News

आदिवासी बेलबारीद्वारा ३९ जना जेहेन्दार बिद्यार्थीलाई छात्रावृती वितरण

बेलबारी । हरेक बर्ष नेपाल आदिबासी जनजाती महासंघ, बेलबारीको आयोजनामा विपन्न आदिबासी जनजाती समुदायका गरिब तथा जेहेन्दार विध्यार्थीहरुलाई बाढिदै आएको छात्रवृती यो बर्ष पनि बाढिएको छ ।

दुई दिन चल्ने यस कार्यक्रममा पहिलो दिन बुधबार २० जना विर्धार्थीहरुलाई छात्रावृति बाढियो भने दोस्रो बिहिवारको दिन अठार जना गरि जम्मा ३९ जनालाई छात्रवृत्ति वितरण गरि कार्यक्रम सम्पन्न गरीएको छ ।

बर्षौ देखी पिछडिएका आदिबासी जनजाती समुदाय आर्थिक अभावमा शिक्षाको उज्यालोबाट समेत बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले यो कार्यक्रम गरीदै आएको नेपाल आदिबासी जनजाती महासंघ, बेलबारीका अध्यक्ष तिलक राईले बताएका छन् । नेपालको सन्दर्भ मा सबै भन्दा महत्त्वपूणर् बिकास भनेको सामाजिक बिकास हो। हिजो निरङ्कुस राज्यले पछाडि पारेका पछौटे,आधारभुत समुदायहरुलाई सक्षम ,क्षमतावान बनाएर अगाडि नल्याए सम्म समृद्धि सम्भब छैन,समाजबाद त टाढाको कुरा भयो। त्यस कारण अब सरकारले समाजको बनावट जस्तो छ। त्यसलाइ हुबहु आत्मसात गरेर नीति कार्यक्रम ल्याउनु पर्छ राईले बताए ।

नेपाल आदिबासी जनजाती महासंघ, बेलबारीको आयोजना र बेलबारी नगरपालीकाको आर्थिक सहयोगमा हरेक बर्ष हुने यो कार्यक्रमले सामाजीक रुपमा पिछडिएका, आर्थिक कारणले शिक्षाबाट बञ्चित समुदायलाई केहि हदसम्म राहत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आदिवासी बेलबारीद्वारा ३९ जना जेहेन्दार बिद्यार्..." A few seconds ago

सम्बन्धित खवर