भोजपुर । अरुण गाउँपालिका पार्टीको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पालिका स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
राजनैतिक प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद माननीय राजेन्द्र कुमार राई को प्रमुख आतिथ्यता तथा भोजपुर जिल्ला पार्टी सचिब बिमल खड्का लगाएत जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहेको थियोे ।
पार्टीको साङ्गठानिक काम करिब ९०५ पूरा भैसकेको हुनाले पनि राजनैतिक , बैचारिक तथा सैद्धान्तिक पाटोलाई बिशेष जोड दिदै आएको छ। अरुण पार्टी सचिब नारायण घिमिरेको सञ्चालन तथा अध्यक्ष बलभद्र राईको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका स्तरिय नेता तथा जनबर्गिय संगठनका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।