चुलाचुली रंगमञ्चको ८ औं बार्षिक उत्सव सम्पन्न – Satabdi News

चुलाचुली रंगमञ्चको ८ औं बार्षिक उत्सव सम्पन्न

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे अवस्थित “विश्व व्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजी” नारा रहेको चुलाचुली रंगमञ्च ले ८ औं बार्षिक उत्सव सम्पन्न गरेको छ ।

हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउँदै आएको चुलाचुली रंगमञ्चले प्रमुख अतिथि चुलाचुली ४ का वडा अध्यक्ष कालिदास भट्टराईद्धारा केक काटेर आठौं बर्ष मनाएका थिए । कार्यक्रममा नयाँ पुराना सिर्जनशिल मनहरु जोड्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा कबि राजकुमार सुब्बा, पुष्प लोवा, हिमाल गँुरास सुब्बा, गायक केवि चेम्जोङ, रंगकर्मी सिजन दाहाल, समाजसेवी तथा राजनीतिक व्यक्तित्व नकु वान्तवा, शरण जबेगु र कलाकारहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि भट्टराइ ले रंगमञ्चको बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘गाउँमा नेपाली कला, साहित्यको उचाई र निरन्तरतामा लागि परिरहेको चुलाचुली रंगमञ्चले स्थायी रंगमञ्च घर निर्माणको लागि जग्गा तयार गरेमा ४० लाख सम्मको बजेट निकास गर्न पहल गर्दिने वताए ।’ वि.सं. २०६५ साल देखि गाउँमा सचेतना रुपमा नाटकको काम गर्दै आएको नाट्य संस्था चुलाचुली रंगमञ्चले २०६९ साल बाट संस्थालाई आधिकारीक मान्दै आएको छ । सो नाट्य संस्थाले २०७० देखि २०७६ सम्म क्षेत्रिय, राष्ट्रिय र नेपाल अन्तराष्ट्रिय नाटक महोत्सवहरुमा काम गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चुलाचुली रंगमञ्चको ८ औं बार्षिक उत्सव सम्पन्न" A few seconds ago

सम्बन्धित खवर