बेलबारी जेसिसद्वारा निर्मित घर मगर दम्पतीलाई हस्तान्तरण – Satabdi News

बेलबारी जेसिसद्वारा निर्मित घर मगर दम्पतीलाई हस्तान्तरण

मंसिर २९, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा न.१ नक्सलबारी निवासी मगर दम्पतीको लागि बनाईएको घर हस्तान्तरण गरीएको छ ।

बेलबारी जेसिसले सोमबार एक कार्यक्रमका बिच अशक्त, असहाय तथा वृद्धवृद्धा टेकबहादुरं र चन्द्रमाया मगरलाई घर हस्तान्तरण गरेको हो ।

बेलबारी जेसिसको पहलमा घर निर्माण कार्य १८ दिनमा सम्पन्न भएको हो । मगर दम्पतीको घर निर्माणमा बेलबारी जेसिस संगै अन्य विभिन्न दाताहरुले पनि आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लोक प्रसाद सङ्ग्रौलाले सामाजीक कामको कुरामा सबैले एक जुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रम प्रदेश न.१ प्रदेश सभा सदस्य माननीय लोक प्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्यता तथा बेलबारी जेसिज २०२० का अध्यक्ष जेसि राजेश खत्रीको सभापतित्वमा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी जेसिसद्वारा निर्मित घर मगर दम्पतीलाई हस..." A few seconds ago

सम्बन्धित खवर