नेविसंघ बेलबारीद्वारा सरकार विरुद्ध सिठी जुलुस प्रदर्शन – Satabdi News

नेविसंघ बेलबारीद्वारा सरकार विरुद्ध सिठी जुलुस प्रदर्शन

बेलबारी। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठनले सरकारको गतिविधीको विरोधमा बेलबारीमा सिटी जुलुस निकालेको छ । नेविसंघ बेलबारीले आज आइतबार बेलबारीको सेन्चुरी बैंक नजिकै सरकारको गतिविधीको विरोधमा सिठी जुलुस निकालेको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधि जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघ बेलबारीले जनाएको छ । त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको मा सिटी जुलुस सहभागीहरूको भनाइ छ । नेविसंघ बेलबारीका अध्यक्ष सन्तोष भट्टराईले जनताले दिएको दुई तिहाई मतलाई नेकपाले दुरुपयोग गरेको र जनताका लागि केहि पनि गर्न नसकेको भन्दै विरोध स्वरुप सिटी जुलुस निकालिएको हो ।

सरकारको गतिविधिको विरोधमा कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेविसंघ बेलबारीद्वारा सरकार विरुद्ध सिठी जुलुस ..." A few seconds ago

सम्बन्धित खवर