मुलुक आर्थिक विकास र संमृध्दिको यात्रामा बढिरहेको छ :– मुख्यमन्त्री राई – Satabdi News

मुलुक आर्थिक विकास र संमृध्दिको यात्रामा बढिरहेको छ :– मुख्यमन्त्री राई

माङ्सेबुङ । प्रदेश नं १ का माननीय मुख्यमन्त्री शेरधन राईले मुलुक स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् ।

माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठेको बताएका छन् । उनले नागरिकहरुलाई शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए ।

सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुलुक आर्थिक विकास र संमृध्दिको यात्रामा बढिरहे..." A few seconds ago

सम्बन्धित खवर