बेलबारीमा अस्पताल भवनको शिलान्यास - ( फोटो फिचर ) – Satabdi News

बेलबारीमा अस्पताल भवनको शिलान्यास – ( फोटो फिचर )

बेलबारी । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न संघीय सरकारको कार्यक्रम अन्तर्गत सोमबार बेलबारी वडा ४ बुधबारेमा १५ शैया अस्पताल भवनको शिलान्यास कार्यक्रम सम्मपन्न भएको छ ।

कुल १३.५ कठ्ठा क्षेत्रफलमा निर्माण हुने अस्पताल भवनको सोमबार बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका हुन । १८ करोडको लागतमा निर्माण गरिने सो अस्पतालको आवस्यक डिपिआर, माटो परिक्षणको भैसकेको र चाडै टेन्डर प्रक्रियाको काम सकि निर्माण सुरु गरिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नगर उपप्रमुख ढाका कुमारी पराजुलीले अस्पताल निर्माण संगै नगर क्षेत्रका जनता सामान्य बिरामी पर्दा पनि सहरको मंहगो अस्पताल जानुपर्ने बाध्यताको अन्त्य हुने जनाए ।

कार्यक्रमका सभाअध्यक्ष वडा ४ अध्यक्ष राम किरातीले कोरोना भाइरसका कारण पनि अस्पतालको आवस्यकता बोध अझ बढेकाले त्यस कारणले पनि यो अस्पताल अत्यन्त महत्त्वपूर्ण रहेको बताए । किराँतीले बिकासको काम बोलेर भन्दा पनि गरेर देखाउनु पर्छ भन्ने मान्यता रहेकाले त्यसको निम्ति आफू कट्टीबद्व रहेको जनाए ।

कार्यक्रममा नेकपा नगर अध्यक्ष पर्शुराम सुवेदी, नेका नगर सभापति सम्भु भट्टराई , समाजवादी पार्टी नगर अध्यक्ष तिलक साम्पाङ राईले सुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा नेकपा नगर सह( इन्चार्ज तिलक राई , नेका महासमिती सदस्य महेन्द्र सुवेदी , स्थानीय राजनीति दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा अस्पताल भवनको शिलान्यास – ( फोट..." A few seconds ago

सम्बन्धित खवर