नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक – Satabdi News

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक

कार्तिक २५, बेलबारी । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९९ हजार ७६० जना पुगेको छ । सो तथ्यांक मंगलबार स्वास्थ्य मन्त्रालय बताएको छ ।

यता, पछिल्लो २४ घण्टामा ८ सय ५३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ११ सय ४८ जना पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक" A few seconds ago

सम्बन्धित खवर