अग्रगामी परिवर्तनको पक्षमा युवा – Satabdi News

अग्रगामी परिवर्तनको पक्षमा युवा

ऋषि राई
विशेषत युवा भन्न साथ नयाँ जोश, जागर, उमंग आदि आदि  बुझिन्छ ।  सिद्धान्त  युवाको व्याख्या र परिभाषा देश अनुसार फरक- फरक पनि पाइने गरिन्छ ।

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ ।

युवा अवस्था  उर्वर , उत्पादक  अथवा समष्टिगत रुपमा भन्दा  जीवनकै स्वर्णिम काल हो । युवा अवस्था आफैमा जिज्ञासु, नयाँ प्रयोग गर्न रुचाउने, जोश र हिम्मतले भरिपुर्ण र सपनाको महल ठयाउने समय हो । तर युवा अवस्थाको अफ्ट्यारा, जटिलता र समस्या पनि नभएका होइनन् ।

विज्ञान प्रविधीको द्रुत बिकास र बिस्तार, विश्वव्यापिकरणको प्रत्यक्ष प्रभावले आजका युवा पंक्ति सिमित दायरामा खुम्चिन रुचाउदैनन । पुरातन सोच र चिन्तन माथि उठरे नविनतम प्रयोग गर्न चाहन्छन । समाजका विकृति, विसंगति बिरुद्ध बोल्न चाहन्छन । बेथिति, भ्रष्टाचार विरुद्ध लडन चाहन्छन ।

युवा अवस्था आफैमा एउटा बिद्रोही र गतिशील उमेर हो । राजनिती नेतृत्वले सहि दिशानिर्देश गर्न नसक्दा युवाहरु नेतृत्व विहिनताको अवस्थामा गुजिरहेका छन । नेपाली युवा राजनीति र राजनितिक नेतृत्वबाट आजित छन । राजनितिक नेतृत्व प्रती वृत्तिषणा भाव व्यापत रुपमा पाइन्छ । एउटा किसानको छोरा होस वा उधोग पतिको,  दुर्गमको होस वा सुगम र सहर बजारको सबै युवाहरु राजनितीबाट कतै न कतै असन्तुष्टि र प्रस्टेट भएका छन ।

बेरोजगारी, नाताबाद, कृपावाद, भ्रष्टचार जताततै व्यापत रहदा ठण्डा दिमाखले सोच्नुस त युवा कति प्रस्टेट र बिद्रोही भएको होला !!  एउटा डिग्री होल्डर युवाले जागिर खोज्दा खोज्दै आफ्नो जुत्ताको सुल फाटदा पनि पहुच नभएकाले जागिर नपाउदा  समग्र पद्वति प्रति कति रुष्ट र आक्रोसित होला ! निर्मला पन्त जस्ता संयौ निर्दोष चेलीहरुले न्याय नपाउदा लाखौ युवा राज्य संमयन्त्र प्रती आक्रोसित नहोला र !!

फल: स्वरुप त्यही आक्रोश र बिद्रोहको प्रति विमंभ सडकमा पोखिने गरेको पाइन्छ । चाहे त्यो इन्फ इज इन्फ होस, बलात्कार विरुद्धको अभियान होस अथवा कुनै पनि अन्याय र बेथिति विरुद्ध होस सबै अभियान र आन्दोलनमा युवा पंक्तिको ठूलो सहभागीता रहेको पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने आजका युवा सचेत छन, भ्रस्टाचार, बेथिति, विसंगति, अन्याय, अत्यचारको खिलाफमा र  परिवर्तनको पक्षमा छन ।

परिवर्तन भन्नाले प्रगतिगमन तर्फ नभएर प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत लोकतन्त्र बनाउदै समृद्धशालि राष्ट्र बनाउन चाहन्छन । पुराना नेतृत्वलाई सम्मान गर्दै अबको नेतृत्व युवाले गर्न चाहन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अग्रगामी परिवर्तनको पक्षमा युवा" A few seconds ago

सम्बन्धित खवर