ऐतिहासिक सागुरिगढि फेसबुक ग्रुप द्वारा बृद्ध आश्रमलाई राहत बितरण – Satabdi News

ऐतिहासिक सागुरिगढि फेसबुक ग्रुप द्वारा बृद्ध आश्रमलाई राहत बितरण

कार्तिक ९, बेलबारी ।  स्थानीय पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले स्थापना भएको “ऐतिहासिक सागुरिगढि” फेसबुक ग्रुपका एडमिनहरुको सक्रियतामा धनकुटा स्थित बिस्रान्ति बृद्ध आस्रममा विभिन्न राहत र नगद दक्षिणा बितरण गर्दै वृद्धहरु संग सामुहिक दशै मनाएको छ ।

सामाजिक संजाल फेसबुकमा fake couple प्रतियोगितामा जितेको पुरस्कार राशि र अन्य बिभिन्न दाताहरुको सहयोग संकलन गरेर एकमुष्ट रूपमा करिब ७४,००० बराबरको लत्ताकपडा, खाद्यान्न, फलफूल साथै ४० जनालाई प्रतिब्यत्ति रु.५०५ का दरले दशै दक्षिणाको रूपमा बितरण गरिएको थियो । उक्त राहत बितरणको लागि सदस्यहरु मेनुका याम्फु र अनुकला राईले अभियानको नेतृत्व गरेका थिईन भने प्रबासि सदस्यहरु प्रितम राई, सुक्पाल पात्लुहाङ देवान र सहकर्मी स्वबियु सभापति सागर सरगम चेम्जोङले थप सहजीकरण गरेका थिए ।

बर्तमान युवाहरु बिभिन्न कुलतमा फसेर आफ्नो सामाजिक दायित्व भुल्दै गएको अवस्थामा समाज र राष्ट्रप्रति उत्तरदायी बनाउन यस्ता अभियानहरु चलाउदै आएको मुख्य अभिन्यताहरु मेनुका याम्फु र अनुकला राईको समान भनाई थियो भने वैदेशिक रोजगारीको शिलशिलामा बिदेश रहेको आफ्नो परिवार संग चाडपर्व मनाउन नपाएकोमा नियास्रो मेटाउन बृद्ध आश्रममा एक छाक मिठो खाना र एक सरो लुगा फेराएर आफ्नो सामाजिक दायित्व पुरा गरेको प्रबासि प्रितम राई र सुक्पाल देवानको भनाई थियो ।

राहत बितरण कार्यक्रममा सहजीकरण गर्दै उपस्थित भएका महेन्द्र बहुमुखी क्याम्पस धरानका स्वबियु सभापति युवा नेता सागर सरगम चेम्जोङका अनुसार सबैले ब्यक्तिगत प्राप्तिको अभिलाषामा सामाजिक दायित्व भुल्दै गएको समयमा देश बिदेशमा छरिएर रहेका युवाहरू यसरी समाज सेवामा जुट्नु आफैमा सकारात्मक र उदाहारणिय भएको जिकिर गरे ।
उक्त सहयोग अभियानका लागि सामाजिक सन्जालमा fake couple game खेलिएको थियो, भने केहि दाताहरुबाट आर्थिक सहयोग उपलब्ध भएको थियो ।

अभियानमा प्रबासी पबित्र गौतमबाट रु १०,०००।, ऐतिहासिक साँगुरीगडि एडमिन समुह रु ८,०००।, खगेन्द्र लिम्बू रु ५०००।, नाम नखुलाउने सर्तमा रु. १७,५००।, सङ्गिता+सागरको fake couple बाट रु ६०००।, अनुकला+विश्व चेम्जोङको fake couple बाट रु ४०००।, हर्क+मायाको fake couple बाट रु. १०,०००।, बिजु +रिनाको fake couple बाट रु १०००।,नवीन लिम्बू रु २०००।, डम्बर याख्खा रु २५००।, सुरज हुक्पाचोङ्बाङ्ग रु १५००।, ईसान गौतम रु ३०००। र ताराहाङ्ग नेम्वाङ लिम्बू रु ५२००। सहयोग प्राप्त भएको थियो ।

यो समूहले केही ममय अघि मात्रै नन्द चेम्जोङ वचाउ अभियान अन्तर्गत १ लाख ३४ हजार सहयोग संकलन गरेर हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ऐतिहासिक सागुरिगढि फेसबुक ग्रुप द्वारा बृद्ध आश..." A few seconds ago

सम्बन्धित खवर