युवा व्यावसायी बुढाले विपन्न परिवारलाई खाधान्न सहयोग – Satabdi News

युवा व्यावसायी बुढाले विपन्न परिवारलाई खाधान्न सहयोग

असोज २१, कैलाली । घोडाघोडी नगरपालिकामा अति बिपन्न ५ परिवारलाई “केही नहुनेका लागि हामी छौ” अभियानले खाधान्न सामाग्री वितरण गरेका छन् । युवा ब्यबसायी गोबिन्द बुढाको आर्थिक सहयोगमा  खाधान्न सामग्री वितरण गरिएको हो ।

अभियानमा युवा तथा प्राध्यापकहरु समेतको उपस्थितिमा रहेका थिए ।  घोडाघोडी क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई, राष्ट्रिय कलेज सुखड्का कलेज प्रमुख कर्ण भण्डारी, प्राध्यापक जानू भण्डारी, घोडाघोडी उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष होम प्रसाद आचार्य, युवा व्यवसायी थम्मन बोहरा, युवा तथा विद्यार्थी धर्मेन्द्र विष्ट लगायतका अभियान्ताहरु जोडिएका थिए ।

यस्ता गरीब तथा दैनिक ज्याल मजदुरी गरेको खान नसक्ने परिवारलाई सहयोग गर्न पाउदा खुसी भएको र आउने अझै सहयोग गर्ने प्रतिबद्धता समेत बुढाले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युवा व्यावसायी बुढाले विपन्न परिवारलाई खाधान्न ..." A few seconds ago

सम्बन्धित खवर