प्रविन बेडवालको स्वरमा नयाँ गीत "मुटु भित्र राख्छु तिमीलाई" सार्वजनिक – Satabdi News

प्रविन बेडवालको स्वरमा नयाँ गीत “मुटु भित्र राख्छु तिमीलाई” सार्वजनिक

असोज १३, बेलबारी । संगीतिक रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बन्न सफल गायक प्रविन बेडवालको नयाँ गीत ‘मुटु भित्र राख्छु तिमीलाई’ सार्वजनिक भएको छ ।

प्रविन बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमी लाइ‘मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ । यस्तै कलाकारको रुपमा नवराज सिंह खड्का र प्रतिशा रिजालले मुख्य भूमिकामा रहेका छन । नवराज सिंह खड्काको भने यो पहिलो भिडियो अभिनय रहेको उनले बताए ।

यता संगीत संयोजन उदयराज पौडेलले गरेका छन् भने भिडियोका निर्माता तथा गीतकार दुर्गा प्रसाद कडरिया आफै रहेका छन । कडरियाले म्यूजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज सोमबार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रविन बेडवालको स्वरमा नयाँ गीत “मुटु भित..." A few seconds ago

सम्बन्धित खवर