असोज ११, काठमाडौ । जनता समाजवादी पार्टी रुकुम (पश्चिम) को संगठन समायोजन अन्तर्गत आठबिसकोट नगरपालिका १२ वडामा वडा समिति समायोजन कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि पार्टी प्रवेश गरेका छन ।
जसमा विप्लव नेतृत्वको( नेकपा)बाट दिपक गिरीको नेतृत्वमा ४ जना, नेपाली कांग्रेसबाट युनान ओली लगायत ६ जना र सत्तारूढ दल नेकपाबाट सुनिल कुमार रसाइलीको नेतृत्वमा १३ जना प्रवेश गरेका छन । आठबिसकोट नगरपालिका १२ नं वडाका अध्यक्ष इन्द्रकमल घर्ती मगरको अध्यक्षता रहेको कार्यक्रममा जसपा कर्णाली प्रदेश कमिटी सदस्य अर्जुन बि.कको प्रमुख आतिथ्य रहेको थियो, भने जसपा जिल्ला समन्वय समिति सदस्य गणेश बि क र अन्तरिम नगर कमिटी अध्यक्ष बिवेक ओली को बिशेष उपस्थित रहेको थियो ।

नवप्रवेशीहरुले अब देशमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक महसुस गरेरै आफुहरु जसपामा प्रवेश गरेको बताएका छन । देशको सत्य र न्याय हराउँदै गरेको र पछिल्लो समयमा सिमानाको बिसयमा अरुले छरेजस्तो भ्रम सत्य नरहेकोले सत्यको बाटोमा आफुहरु यात्रा गर्न आएको उनीहरूको मत थियो । साथै डा.बाबुराम भट्टराई बाहेक अन्यको देश निर्माण गर्ने स्पष्ट भिजन नरहेको र कार्यकारी पद्धति एंवम पुर्ण समानुपातिक प्रणालीमा आफुहरु सहमत भएको समेत बताए।त्यस्तै प्रमुख अतिथि अर्जुन बि कले युवाहरूलाई लोकतन्त्रप्रति जिम्मेवार बन्न आग्रह गर्नुभएको थियो” । अहिले देशमा गणतन्त्रका खलनायकले देश हाकिरहेकोले सबैलाई अध्यन गरेर तथ्यगत ढंगले आलोचना/ बिरोध गर्नुपर्ने बताए ।



