साहित्यकार राजन मुकारुङ अव सङ्गितकार – Satabdi News

साहित्यकार राजन मुकारुङ अव सङ्गितकार

असोज ६ बेलबारी । लामो समयदेखि पहिचानमा आधारित कलम चलाउदै आईरहनु भएका साहित्यकार राजन मुकारुङ नेपाली साहित्यका एक दरिलो खम्बा हुन । मुकारुङ साहित्य क्षेत्रमा मात्र नभएर संगीत क्षेत्रमा पनि त्यत्तिकै अब्बल छ्न भने कुरा यतिखेर पुष्टि भएको छ । भर्खरै सार्बजनिक भएको गीत “ज्यानै हाजिर भो” सेवारो गीतको शब्द र संगीत दुबै मुकारुङले गरेका हुन ।

उक्त गीतमा गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वर रहेको छ भने थैली इन्टर्टेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियो “ORIGIN NEPAL” युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् भने अनिल रानाले भिडियो सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साहित्यकार राजन मुकारुङ अव सङ्गितकार" A few seconds ago

सम्बन्धित खवर